राहदानी विभागका तत्कालीन इन्जिनियर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा
राहदानी विभाग, त्रिपुरेश्वरको परिचयपत्र शाखामा कार्यरत तत्कालीन कम्युटर इन्जिनियर प्रदीप भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
सूर्यदर्शन सहकारीका तीन जनाविरुद्ध डिफ्युजन नोटिस जारी
पोखरा महानगरपालिका वडा नम्बर ४ मा कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीका अध्यक्षसहित तीन जनाविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ।नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नोटिस जारी गरेको हो ।
नक्कली टिकट दिएर एजेन्ट फरार
बाँकेको खजुरा गाउँपालिका –४ ईगाउँका अमरबहादुर बुढामगरले दुई बर्षअघि बार्षिक ३६ प्रतिशत ब्याजदरमा रकम लिएर खाडी मुलुक दुबई जानका लागि दुई लाख ३० हजार रुपियाँ म्यानपावर कम्पनीका प्रतिनिधिलाई बुझाउनुभयो ।
हरिवनबाट आठ जना जुवाडे पक्राउ
प्रहरीले सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीबाट आठ जना जुवाडेलाई पक्राउ गरेको छ । स्थानीय शियाराम महतोको एक कोठे पक्की घरमा जुवातास खेलिरहेका अवस्थामा आठ जनालाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको हो ।
तीस लाखसहित हुण्डी कारोबार गर्ने पक्राउ
नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
थुनुवासहित फरार प्रहरी जवान १६ वर्षपछि पक्राउ
लागू औषधका थुनुवालाई भगाइ फरार रहेका तत्कालीन प्रहरी जवान १६ वर्षपछि पक्राउ परेका छन् । शक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।
पोर्चुगल पठाउने भनी १२ लाख ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाउने भनी १२ लाख रुपियाँ लिई सम्पर्कविहीन भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सहकारी रकम ठगी गरेको आरोपमा अध्यक्ष र उपाध्यक्ष पक्राउ
बचतकर्ताको रकम ठगी आरोपमा ओखलढुङ्गाको ककनी गौरीवन सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेका छन् । बचतकर्ताहरूको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष विनोद सुनुवार र उपाध्यक्ष पदमबहादुर खत्रीलाई पक्राउ गरेको हो ।
अनुदानको मलमा दुरुपयोग
बाँकेमा नेपाल सरकारले किसानहरूलाई अनुदानमा विक्री वितरण गर्न दिएको रासायनिक मलमा दुरुपयोग भएको पाइएको छ ।नेपाल सरकारद्वारा अनुदानमा किसानहरूलाई बिक्री वितरण गर्न दिइएको रासायनिक मलमा दुरुपयोग भएको पाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।