• १२ साउन २०८१, शनिबार

जङ्गलमा मानव कङ्काल फेला

blog

अनिल पराजुली

हेटौँडा, वैशाख ९ गते । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ८ बुढीचौरमा मानव कङ्काल फेला परेको छ । आलखोला जङ्गलमा शनिवार घाँस काट्न गएका स्थानीयले मृत मानिसको कङ्काल देखेपछि देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए । 

कङ्काल फेला परेको खबरपछि मुचुल्का उठाउन प्रहरी खटिएको छ । कङ्काल कसको हो भन्ने सनाखत हुन सकेको छैन । प्रहरीले स्थानीयसँग बुझ्दा उक्त क्षेत्रमा कोही मानिस हराई बेपत्ता नरहेको बुझिएको छ । 

घटनास्थलमा रहेको कपडा तथा कपाल हेर्दा पुरुष व्यक्तिको कङ्काल हुनसक्ने अनुमान गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय मकवानपुर गढीबाट अन्दाजी २५ किलोमिटर पूर्वतर्फ छ ।