• २० वैशाख २०८१, बिहिबार

हत्या अरोपमा सात जना पक्राउ

blog

अमरराज नहर्की
तनहुँ, वैशाख ७ गते ।
 तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्वामी चौतारमा अमन गुरुङको ज्यान जानेगरी भएको घटनामा संलग्न रहेको आरोपमा तनहुँ प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।

वैशाख ५ गते बुधबार दिउँसो ३ बजे आबुखैरेनी गाउँपालिका वडा नंं. ३ मा बस्ने   २५ वर्षीय रोहित घले, २४ वर्षी आशिष् काराखेती, २६ वर्षीय बलराम श्रेष्ठ, ३१ वर्षीय सागर श्रेष्ठ, २१ वर्षीय कुशल गुरुङ र गोरखा जिल्लाको गोरखा नगरपालिका–१३ बस्ने २४ वर्षीय सन्तोष गुरुङ र एक जना नाबालक समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी विवाद हुँदा गोरखाका सहिद लखन गाउँपालिका–३ बस्ने १८ वर्षीय अमन गुरुङलाई आँबुखैरेनी–३को पुरानो कोट जङ्गल भिरबाट ११० फिट तल चन्दनी खोल्सामा खसाली हत्या गरिएका थियो । उक्त घटनाको किटानी जाहेरीका आधारमा सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपकुमार रायले जानकारी दिनुभयो ।

सातै जना उपर ज्यान सम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट शुक्रबार पाँच दिनको म्याद थप लिई अनुसन्धान भइरहेको प्रनाउ रायले जानकारी दिनुभयो ।