• १२ साउन २०८१, शनिबार

अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन

blog

काठमाडौं, वैशाख २१ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएको फैसला चित्त नबुझेपछि सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरिएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रतिवादी कलानन्द माझी, शेखर माझी, प्रभात शाही र मिनराज शर्माविरुद्ध सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको मुद्दा सर्वोच्चमा पुनरावेदन भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ को कसुरमा कलानन्द माझीलाई चार महिना कैद र दश हजार रुपियाँ जरिवाना ठहर गरेको थियो । यस्तै शेखर माझी र प्रभात शाहीले मुख्य प्रतिवादी कलानन्दलाई दाबीको कसुरमा सहयोग पुर्‍याई मतियारको रुपमा कार्य गरेकोले दुई महिना कैद र पाँच हजार रुपियाँ जरिवाना ठहर गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

तर प्रतिवादी मीनराज शर्मा उपर आरोप दाबी पुग्न नसकी आरोपित कसुरबाट सफाइ पाउने फैसला २०५० भदौ ७ गते भएको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सजाय हुन शुक्रबार मागदाबी लिइएको आयोगले जनाएको छ ।