• १२ साउन २०८१, शनिबार

सिराहामा तीन वर्षीया बालिका हत्या अभियोगमा दुई जना पक्राउ

blog

गोलबजार (सिराहा), वैशाख १७ गते । सिराहामा तीन वर्षीया बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिराहा नगरपालिका-१८ जरुवा लक्ष्मिनियाँ टोलका रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या अभियोगमा छिमेकी ४७ वर्षीया सोनादेवी र उहाँकी छोरी पूजाकुमारी यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो । 

घटनामा संलग्न भएको आशंका गरिएका सोनादेवीका श्रीमान धनिकलाल यादव भने फरार रहेको प्रहरीले जनाएको छ । गत बुधबार बिहानदेखि हराइरहेकी रियाको शव खोजतलासका क्रममा दुई दिनपछि शुक्रबार राती छिमेकी धनिकलाल यादवको घरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिनुभयो । दुई परिवारबिच घरायसी झगडा हुँदै आएकाले सोही रिसइबीका कारण बालिकाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस