• ४ जेठ २०८१, शुक्रबार

झापामा प्रहरी र लागूऔषध कारोबारीबिच दोहोरो झडप, एक घाइते

blog

लागूऔषध कारोवारी भएको घर । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का
बिर्तामोड, वैशाख १८ गते ।
नेपाल भारत सिमानाकामा प्रहरी र लागूऔषध कारोबारीबिच दोहोरो झडप हुँदा एक जना घाइते भएका छन् ।

झापा गाउँपालिका–३ स्थित कामाटोली सीमानाकामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न खोज्ने क्रममा दोहोरो झडप हुँदा प्रहरीको गोली लागेर एक कारोबारी घाइते भएका हुन् ।

प्रहरीका अनुसार अन्दाजी ३२ वर्षका अबदुल रसिद मियाँको दाहिने खुट्टामा गोली लागी घाइते भएका हुन् ।

सोमबार साँझ ६ बजे स्थानीय अक्कलबहादु विश्वकर्माको घरमा लागूऔषधको कारोवार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीमाथि लागूऔषध कारोवारीमा संलनको समूहले दाउ र कुखुरीबाट प्रहार गरेका थिए । यससँगै प्रहरीले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

प्रहरीको गोली प्रहारबाट झापा गाउँपालिका ४ स्थित खैरवारी बस्ने वर्ष २५ को सरिफुल आलमको खुट्टाको तिघ्रा र पिडुलामा दुई राउण्ड गोली लागेको छ ।

घाइते मियाँलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरतर्फ लगिएको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट ११६ ग्राम ६० मिलिग्राम ब्राउनसुगर, दाउ १ थान, १ थान खुकुरी बरामद गरेको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता चन्दले बताउनुभयो ।

झापा गाउँपालिका–३ स्थित कामाटोलीमा लागूऔषध नियन्त्रण ब्युरोको प्रहरी नायब निरीक्षक बालकृष्ण संजेलको टोलीले गोली चलाएको हो । पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि सुरुमा पाँच राउन्ड हवाई फायर गरिएको हो । प्रहरीमाथि आक्रमण नरोकिएपछि प्रहरीले एक राउन्ड गोली प्रहार गरी कारोबारीलाई पक्राउ गरिएको ब्युरोका एसएसपी गोविन्द थपलियाले बताउनुभयो ।