• १२ साउन २०८१, शनिबार

वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १७ गते । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ का वडा अध्यक्ष उजेर अलिविरुद्ध १५ हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार अलिले घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीबाट घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो । निजविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा कैद सजाय र बिगो बमोजिम जरिवाना हुन माग दाबी लिई सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।