• १२ साउन २०८१, शनिबार

अवैध बाटो हुँदै ल्याइएका मोबाइलका सामान बरामद

blog

सशस्त्र प्रहरीले जानकीबाट बरामद गरेको मोबाइलका सामान। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ ४ गते। भारतबाट भन्सार राजस्व छलेर अवैध रुपमा भित्र्याइएको करिब १० लाखको मोबाइलका विभिन्न सामानलाई जानकी गाउँपालिकाबाट नियन्त्रणमा लिएको छ। 

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले दिएको जानकारी अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहा बाँकेबाट प्रहरी निरीक्षक धनराज बुढाथोकीको कमाण्डमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका वडा नम्बर १ पचपोखरा क्षेत्रमा चेकजाँच गर्ने क्रममा करिब १० लाखका मोबाइलका सामान र ढुवानीमा प्रयोग भएको मोटरसाइकल र साइकल नियन्त्रणमा लिएको हो।

 सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख सशस्त्र एसपी विमल डाँगीले सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएका सामानमा मोबाइल कभर, मोबाइल क्यामेरा, ग्लास, पशुको भिटामिन औषधी, सामान ढुवानीमा प्रयोग गरिएको मोटरसाइकल र साइकल गरेर नौ लाख ६२ हजार ९०० रुपियाँ बराबरको सामान बरामद गरिएको बताउनुभयो।