वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ
जङ्गलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।
सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकेको छ ।
खुकुरी प्रहारबाट युवक घाइते
मकवानपुरको हेटौँडा–१० बसपार्कमा शनिबार बिहान खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नं.३ बसामाडी घर भई हाल हेटौँडा–११ थानाभर्याङ डेरा गरी बस्ने २० वर्षीय समीर थिङ र १८ वर्षीय पञ्च बहादुर तामाङले जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ महेन्द्रनगर बस्ने १९ वर्षीय आयुष कुँवरमाथि खुकुरी प्रहार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
पैसाको आडमा करणी मुद्दा प्रभावित पार्न खोजेको पीडितको आरोप
भैरहवामा एकल महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभियुक्तले पैसाको प्रलोभनमा मुद्दा प्रभावित पार्न खोजेको पीडितले गुनासो गरेका छन्।
अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएको फैसला चित्त नबुझेपछि सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरिएको छ ।
जापान पठाउने भन्दै दुई करोड ६८ लाख ठगी गर्ने दुई जना पक्राउ
जापान पठाइदिने प्रलोभनमा दुई सयभन्दा बढी मानिससँग ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
सिनियर अहेवविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा
स्याङ्जाको गल्याङ नगरपालिकामा सिनियर अहेव पदमा कार्यरत दुर्गाप्रसाद भट्टराईविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर भएको छ ।
श्रीमानले श्रीमतीको हत्या गरेको आशङ्का
मोरङको सुन्दरहरैँचा–५ गोर्खाली टोलका पदम तामाङले श्रीमतीको हत्या गरेको आशङ्का गरिएको छ । बुधबार राति १ बजेतिर ४५ वर्षीया श्रीमती मनमाया तामाङको हत्या गरी पदम फरार भएका हुन् ।
खाडीमा कार्यरत युवालाई ठग्ने गिरोह नेपालमा सक्रिय
खाडी मुलुकमा दुःख गरेर युवाहरूले कमाएको अर्बौँ रकम ठगी गर्ने समूह नेपालमा सक्रिय भएको देखिएको छ । यसरी ठगिने सायौ युवाहरू बाँकेमा रहेको पीडितहरूले बताएका छन् ।
अमेरिकन डलर देखाई ठगी गरेको आरोपमा एक जना पक्राउ
अमेरिकन डलर देखाएर ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ३ का डिलबहादुर भण्डारीलाई अमेरिकन डलर देखाएर ठगी गर्न लागेको आरोपमा पक्राउ गरेको हो ।
नेपालगन्जमा पहिचान खुल्न नसकेको शव भेटियो
बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा एक महिलाको शव फेला परेको छ।
अपहरण तथा शरीर बन्धक कार्यमा संलग्न दुई जना पक्राउ
प्रहरीले अपहरण तथा शरीर बन्धक कार्यमा सङ्लन्न अजिम अलि र एम डी सनी अलाही दुई जनालाई पक्राउ गरेको छ।
दम्पती हत्या घटना : आरोपी दुई पक्राउ
म्याग्दीको सदरमुकाम बेनीनजिक रहेको पर्वतको जलजला गाउँपालिका –२ मल्लाज दहमा एक महिनाअघि भएको दम्पती हत्या घटनाका आरोपी दुई जना पक्राउ परेका छन् ।
ठगी आरोपमा एक जना पक्राउ
भारतमा काम लगाइदिन्छु भन्दै ठगी कार्यमा संलग्न एक जना पक्राउ परेका छन् । बझाङ जिल्लाको छबिसपाथीभेरा गाउँपालिका-४ का सन्तोष थापालाई विभिन्न मितिमा भारतमा राम्रो आम्दानी हुने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
वैदेशिक रोजगारीका नाममा ८० लाख ठगी
वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भन्दै रु. ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
झापामा प्रहरी र लागूऔषध कारोबारीबिच दोहोरो झडप, एक घाइते
नेपाल भारत सिमानाकामा प्रहरी र लागूऔषध कारोबारीबिच दोहोरो झडप हुँदा एक जना घाइते भएका छन् ।
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने दुई पक्राउ
कक्षा १२ को प्रश्नपत्र आउट गरेको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
वडा अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ का वडा अध्यक्ष उजेर अलिविरुद्ध १५ हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नक्कली परीक्षार्थी पक्राउ
कालीकोटमा आज फेरि एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अर्काको सट्टामा परीक्षा दिँदैगरेका २६ वर्षीय नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
बैङ्किङ कसुर मुद्धामा वडा अध्यक्ष पक्राउ
बैङ्किङ कसुर मुद्धामा जुगल गाउँपालिका–७ याङ्लाकोटका बाहलवाला वडा अध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा तामाङ नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
सिराहामा तीन वर्षीया बालिका हत्या अभियोगमा दुई जना पक्राउ
सिराहामा तीन वर्षीया बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
डान्सबारमा हिंसा : अधिकांश कलेज पढ्ने किशोरी
काठमाडौं उपत्यकाको दोहोरी साँझ, डान्स बार तथा रेष्टुरेन्टलगायतका क्षेत्रमा प्रवेश गर्ने अधिंकाश कक्षा दशदेखि १२ सम्म पढ्ने बालबालिका पाइएको एक अध्ययनले देखाएको छ ।
हत्या गरी फरार रहेका अभियुक्त नौ वर्षपछि पक्राउ
फुपुको छोरीको हत्या गरी फरार रहेका अभियुक्तलाई नेपाल प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ ।
लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि अभियान सुरु
चितवनमा लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि तीन महिने अभियान सुरु गरिएको छ ।