• १२ साउन २०८१, शनिबार

५३ बोरा सुपारीसहित बोलेरो नियन्त्रणमा

blog

प्रहरीले नियन्त्रणमा लिएको सुपारी । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का
बिर्तामोड, जेठ १९ गते ।
झापा प्रहरीले राजस्व छलेको ५३ वटा बोरा सुपारीसहित बोलेरो नियन्त्रणमा लिएको छ । नेपालमा उत्पादित उसिनेको दुई हजार ३७८ केजी सुपारीसहित प्रदेश १–०१–००१ च ७१२५ नम्बरको पिकअप बोलेरो र गाडी चालक बुद्धशान्ति गाउँपालिका ३ बस्ने ४१ वर्षीय युवराज उप्रेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शुक्रबार मेचीनगर नगरपालिका वडा नम्बर ६ भट्टराई चौकमा राजस्व छली नेपालमा उत्पादित सुपारी ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी नायब उपरीक्षक भीमबहादुर लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले इँटाभट्टाबाट काँकरभिट्टातर्फ आउँदै गरेको त्यस पिकअप बोलेरो गाडीलाई शंका लागेर चेकजाँच गरेको थियो ।

त्यसक्रममा उक्त गाडीमा रहेको प्यानबिलमा १२ लाख २५ हजार बराबरको विल भएता पनि आधिकारिक  अनलाइन बिल भने नभएको अवस्थामा  प्रहरीले सुपारी बरामद गरी नियन्त्रणमा लिइएको सुपारीसहित गाडी र गाडी चालकलाई कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताउनुभयो ।