• १२ साउन २०८१, शनिबार

स्रोत नखुलेको ६९ लाखसहित चार चिनियाँ नागरिक पक्राउ

blog

भक्तपुर, जेठ २४ गते । सूर्यविनायक नगरपालिका–१० भातेढिकुरबाट स्रोत नखुलेको ६९ लाख पाँच हजार रूपियाँसहित चार जना चिनियाँ नागरिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चीन घर भई हाल काठमाडौँ बस्ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु  छन् ।

साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.२ ज ५१६ नम्बरको ट्याक्सीलाई प्रहरीले जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय भक्तपुरमा बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।