• १६ भदौ २०८१, आइतबार

लागूऔषधसहित एक युवक पक्राउ

blog

इकालका प्रहरी कार्यालय आँबुखैरेनी । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, जेठ १७ गते ।
तनहुँमा प्रहरीले दुई किलो गाजाँसहित एक युवकलाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ड्युटीमा खटिएको प्रहरी टोलीले युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–४ पौवा घर बताउने वर्ष १९ को अमर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपीलराज बोहोराले बताउनुभयो ।

सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मुग्लिनबाट आँबुखैरेनी जाँदै गरेको ग १ ख २९८५ नम्बरको बस बुधबार बिहान रोकी चेकजाँच गर्दा नेपालीको साथबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

नेपाली शरिर तलासी लिदाँ निजले साथमा लिएको झोला भित्र लुकाई राखेको अवस्थामा दुई किलो लागूऔषध गाँजा फेला परेको बोहोराले बताउनुभयो । नेपालीलाई तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।