• १६ भदौ २०८१, आइतबार

तत्कालीन शिक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोप

blog

काठमाडौँ, जेठ २२ गते । दाङको श्री प्राथमिक विद्यालय, गलटाकुरीका तत्कालीन शिक्षक भीम कुमार डिसीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर भएको  छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार डिसीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट जारी भएको हाइस्कूल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल सरकारको स्थायी शिक्षकको रूपमा २०५० असार १ गते सेवा प्रवेश गरी द्वितीय श्रेणीबाट अनिवार्य अवकाश लिएका थिए ।

आयोगका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।