बालमन्दिरको २८ रोपनी जग्गा दुरुपयोग, २० जनाविरुद्ध पक्राउ पुर्जी
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौँको नक्सालस्थित नेपाल बाल सङ्गठन (बालमन्दिर) को जग्गा दुरुपयोग गरी अनियमितता गरेको आरोपमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । नेपाल बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह तथा वृहस्पति विद्या सदनका सञ्चालक पुरुषोत्तमराज जोशीबिचको मिलेमतोमा बाल सङ्गठनको स्वामित्वमा रहेको २८ रोपनी पाँच आना एक पैसा जग्गा दुरुपयोग गरेको उजुरीका आधारमा सिआइबी त्यसमा संलग्नहरूमाथि पक्राउ पुर्जी जारी गरी अनुसन्धान अघि बढाएको हो ।
राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
मुख्यमन्त्रीको पिए हुँ भनी ठग्ने पक्राउ
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको स्वकीय सचिव (पिए) हुँ भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जनाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जलेश्वरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका नगरप्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
चोरले एक तोला सुन निलेपछि.......
फिदिम नगरपालिका २ की विष्णुमाया तामाङको घरमा गत बुधवार राती चोर पस्यो । दराज खोलेर नगद र सुन चोरिरहेको थाहा पाएपछि तामाङले हार गुहार गर्नुभयो ।
२७ ठेकेदार कम्पनीलाई स्पष्टीकरण, कालोसूचीमा राख्ने तयारी
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन चित्तबुझ्दो नभएका २७ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई स्पष्टीकरण सोधिएको छ । ठुला मानिने ठेकेदार कम्पनीहरूले राजनैतिक आडमा निर्माण र आपूर्तिलाई बेवास्ता गर्दै देश विकासमा वाधा सिर्जना गरेपछि कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउन स्पष्टीकरण सोधेको कार्यालयले जनाएको छ ।
तनहुँ कारागार १३४ क्षमता, कोचाकोचमा ३२३ कैदीवन्दी
जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा कैदीबन्दी थपिने क्रम बढेसँगै व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।
फेसबुकमा नाबालिकाको चरित्र हत्या गर्ने शिक्षक पक्राउ
सामाजिक सञ्जाल फेसबुकमा नाबालिकाको चरित्र हत्या गर्ने एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।
भन्सार तथा राजस्व छली गर्ने दुई जना पक्राउ
प्रहरीले अवैध रूपमा चाइनिज मुद्रा नेपाल भित्र्याइ भन्सार तथा राजस्व छली गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
सुनसरीबाट एक क्विन्टल गाँजा बरामद
सशस्त्र प्रहरीले सुनसरीबाट एक क्विन्टल गाँजा बरामद गरेको छ ।
लुटपाटपछि महिलाको हत्या
झापा बिर्तामोड नगरपालिका ४ स्थित शिवनगर टोलमा लुटपाट गर्ने समूहले एक एकल महिलाको बीभत्स हत्या पछि लुटपाट गरेको छ ।
वनमा आगो लगाएको अभियोगमा पक्राउ
वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
सुनीललाई नौ वर्ष कैद सजाय
विशेष अदालतले नेसनल पेमेन्ट गेटवे (एनपिजी) खरिद प्रकरणमा दोषी ठहर भएका नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडललाई नौ वर्ष कैद सजाय सुनाएको छ । वैशाख ७ गते दोषी ठहर भएका पौडेलको मङ्गलबार सजाय निर्धारण भएको हो । पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अदालतले नौमध्ये आठ जनालाई भने सफाइ दिएको थियो ।
गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
सूर्यविनायक नगरपालिका ‐९ मिलनचोकमा साँगाबाट जगातीतर्फ आउँदैगरेको ना ५ ख २३६१ नम्बरको निजी गाडीले पैदलयात्रीलाई आज साँझ ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
१३ लाख १५ हजार रुपियाँसहित एक पक्राउ
पर्सा प्रहरीले स्रोत नखुलेको १३ लाख १५ हजार रुपियाँसहित एक २८ वर्षीय युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका १४ गण्डकचोकस्थित सडक खण्डबाट प्रहरीले स्रोत नखुलेको सो रकमसहित युवकलाई पक्राउ गरेको हो ।
अमेरिका पठाउने भन्दै एक करोड ठगी गर्ने पक्राउ
प्रहरीले अमेरिका पठाउने भनी एक करोड १८ लाख ५९ हजार रुपियाँ लिई सम्पर्कविहीन रहेका ४१ वर्षीय तेजराम चौधरीलाई पक्राउ गरेको छ।
धनुषामा एकैदिन २१ फरार प्रतिवादी पक्राउ
धनुषा प्रहरीले एकैदिन २१ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।
३० किलो मासु र ३ थान बन्दुकसहित ४ जना पक्राउ
कपिलवस्तुमा वन्यजन्तु मारेर बिक्री गर्ने एक समूहलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराले बाणगंगा नगरपालिका १ बाट वन्यजन्तु मार्न प्रयोग हुने बन्दुक, गोली र भाग लगाउँदै गरेको ३० किलो मासु सहित ४ जनालाई पक्राउ गरेको छ ।
शङ्खपार्कमा पुरुषको शव फेला
काठमाडौँको शङ्खपार्कमा एक जना पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
हिरासतमै छँदा अस्पताल भर्ना हुन सिफारिस अनिवार्य
अनुसन्धान वा अभियोजनका क्रममा पक्राउ परेका व्यक्ति अस्पताल बस्नु परे सरकारी अस्पताल वा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ ।
कुवेत लगेर मानव बेचबिखन गरेको अभियोगमा पक्राउ
वैदेशिक रोजगारका लागि कुवेत पठाइदिने भन्दै मानव बेचबिखन गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
जनकपुरमा सहकारी कर्मचारीबाट ८० लाख लुटियो
जनकपुरमा दिनदहाडै बन्दुक देखाएर सहकारी कर्मचारीको ८० लाख रुपियाँ लुटिएको छ । सोमबार करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–१९, थुम्होनाबाट धनुषाको रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्रकुमार महतो र रेखाकुमारी महतोसँग भएको ८० लाख रुपियाँ लुटिएको हो ।
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो ।