• १२ साउन २०८१, शनिबार

लागूऔषध ब्राउन सुगरसहित पक्राउ

blog

लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका भुपाल न्यौपाने । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, जेठ २६ गते । 
सुनसरीको धरान उपमहानगरपालिका-१७  लोकप्रिय मार्गबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जना पक्राउ गरेको छ ।

धरान १७ स्थित ३७ वर्षीय भूपाल न्यौपानेको घर कोठामा लुकाई राखेको अवस्थामा अवैध लागू औषध ब्राउन सुगरसहित न्यौपानेलाई पक्राउ गरिएको हो ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरी टोलीले घरकोठामा कानुनी रूपमा चेकजाँच गर्दा ट्रामाडोल– १२ सय क्याप्सुल र ब्राउनसुगर १२ ग्रामसहित न्यौपानेलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।