• २५ जेठ २०८२, आइतबार

महिला घरमै लुटिइन

blog

सुधा देव

भारदह(सप्तरी),जेठ २५ गते । सप्तरीको रूपनी गाउँपालिका वडा नं ६ तेरहौताकी कौशलादेवी चौधरी आफ्नै घरबाट लुटिएकी छिन् । घरमा सुतिरहेको बेला उनी आइतबार बिहान करिब २ बजे लुटिएकी हुन् ।

अत्यधिक गर्मीका कारण घर बाहिर सुतिरहेको बेला कान, नाकमा लगाएको गहना लुटेराले थुतेर लगेको उनले बताइन् ।

कानमा लगाएको सुनको कुण्डल, नाकमा लगाएको फुली गरी दुई तोला भन्दा बढी सुनको गहना लुटेर लगेको उनले बताइन् । पति र छोरा रोजगारीको क्रममा बाहिर गएको बेला घरमा छोरा मान्छे नभएको मौका छोपी बुहारी र आफू मात्रै घरमा भएको बेला लुटेराहरूले गहना लुटेर लगेको बताइन् ।

गहना लुटेर घरको ताल्चा खोल्ने प्रयास गर्दा जोर जोरले हल्ला गर्न थालेपछि लुटेराहरू भागेको उनले बताइन् । 

गहना लुटेको विषयमा जानकारी आएको लुटेरा समूहको खोजतलास तथा घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रूपनीको इन्चार्ज प्रहरी नायब निरीक्षक पम्बर यादवले जानकारी दिनुभयो ।