• २ साउन २०८१, बुधबार

रसिया पठाइदिने भन्दै १० लाखभन्दा बढी ठगी गर्ने पक्राउ

blog

 सञ्जय कुमार मिश्र
 गौर, जेठ २६ गते ।
रौतहटको यमुनामाई गाउँपलिका वडा नं. २ का  विद्यार्थी भिसाम रसिया पठाइदिन भन्दै १० लाखभन्दा बढी रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

रसियन एम्बेसीबाट जारी भएको भनी नक्कली कागजातहरु देखाई विश्वासमा पारी यमुनामाई गाउँपालिका वडा नं. २ बस्ने जितेन्द्र कुमार यादवसँग १० लाख ७० हजार ७२० रुपियाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका वडा नं. २ बस्ने २३ वर्षीय राहुल कुमार प्रजापति रहेका छन् । उनलाई अन्य ठाउँमा लुकाछिपी बस्दै आएको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताउनुभयो ।

प्रजापतिमाथि  ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइइरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।