• १२ साउन २०८१, शनिबार

नारायणी नदीबाट अवैध रुपमा निकालिँदै गिट्टी बालुवा

blog

नारायणी नदीबाट अवैध रुपमा गिट्टी बालुवा निकालिदै । तस्वीरः बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, जेठ २७ गते । गैँडाकोट –२ थुम्सीनजिक नारायणी नदीमा दर्जनौं सङ्ख्यामा जेसिभि, एक्साभेटर र टिप्पर प्रयोग गरेर दोहन गरिएको छ। सोही ठाउँबाट नवलपुर प्रहरीले यसअघि १० वटा टिप्पर नियन्त्रणमा लिएको थियो । 

स्थानीय प्रशासनले सचेत गराउँदा समेत नदीमा भएको बालुवा, गिट्टी, ढुङ्गा निकाल्ने काम रोकिएको छैन । आज बिहानदेखि सो नदीबाट जेसिभि, एक्साभेटर र टिप्पर बालुवा, गिट्टी निकाल्नमा व्यस्त रहेको देखिएको छ ।