• १२ साउन २०८१, शनिबार

लागूऔषधको मुख्य कारोबार गर्ने दुईसहित ६ जना पक्राउ

blog

लागूऔषधसहित पक्राउ परेकालाई सार्वजनिक गर्दै इप्रका गोरुसिङ्गे । तस्बिर : जानु पाण्डे

जानु पाण्डे
कपिलवस्तु जेठ २९ गते । 
लागूऔषधको मुख्य कारोबार गर्ने दुई जनालाई कपिलवस्तुबाट पक्राउ परेका छन् । इप्रका गोरुसिङ्गे र पिपराले लागूपदार्थ बेचबिखनका लागि सप्लाई गर्ने दुईसहित ६ जना पक्राउ गरेका हुन् । 

इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले कृष्णनगर नगरपालिका वडा नम्बर १२ बस्ने राम किसुन खटिकलाई पक्राउ गरेको जनाएको छ । लागूऔषध सहित पक्राउ परेकाको सँग सोधपुछको आधारमा मुख्य कारोबारी खटिक पक्राउ परेका हुन् । प्रहरी निरीक्षक वीरबहादुर सुनारको नेतृत्वमा खटिएको टोलीले पछिल्लो दुई सातामा लागूऔषध कारोबार गर्ने पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा वाणगंगा नगरपालिका-८ का श्रीराम थारु, केशव बलाल, बुद्धभूमि नगरपालिका-२ का आभूषण मल्ल र अर्घाखाँची भूमिका स्थान नगरपालिका-७ का मनिष केसी रहेका छन् ।

यसैगरी इलाका प्रहरी कार्यालय पिपराले व्यापारिक प्रयोजनले लागूपदार्थ सप्लाई गर्ने एक बालकलाई पक्राउ गरेको कार्यालय प्रमुख प्रहरी निरीक्षक गोपाल जङ्ग रायमाझीले बताउनुभयो ।