• १२ साउन २०८१, शनिबार

कारको ठक्करबाट साइकलयात्रीको मृत्यु

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, जेठ २५ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी –७ मा कारको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बिहीबार राति ९ः४० बजेतिर पश्चिमबाट पूर्व जाँदैगरेको मोरङको पथरीशनिश्चरे ५ का ७० वर्षीय साइकलयात्री बन्दु चौधरीलाई कारले  ठक्कर दिदाँ चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

कानेपोखरी प्रहरी चौकीका इन्चार्ज गुणराज पोख्रेलका अनुसार बेलबारीबाट पथरीतर्फ आउँदै गरेको मे १ च ३३६६ नम्बरको कारले निर्माणाधीन राजमार्गमा पछाडिबाट ठक्कर दिएको थियो । चौधरीको शव पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा लगिएपछि परिवारका सदस्यले शवको जिम्मा लिएका छन् । 

इलाका प्रहरी कार्याल पथरीले कार र चालक झापाको मेचीनगर नगरपालिका –१० बस्ने अन्दाजी ३० वर्षीय विजयकुमार शाहलाई नियन्त्रणमा लिएको छ । कार तीव्र गतिमा कुदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।