• १२ साउन २०८१, शनिबार

सेनामा भर्ती गराइदिन्छु भनी ठग्ने थापा पक्राउ

blog

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ २८ गते । नेपाली सेनामा भर्ती गरिदिन्छु भनी ठगी गरेको आरोपमा एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङ बस्ने २७ वर्षीय धर्मराज थापा रहेको प्रहरीले जनाएको छ ।

थापाले आफू आर्मी फिटनेस सेन्टरको सञ्चालक रहेको र नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेकाले सजिलै भर्ती गराइदिन्छु रकम लिएको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिनुभयो । 

बागलुङका एक किशोरसँग पटक पटकमा गरी एक लाख ७० हजार रुपैयाँ थापाले लिएको खुलेको जिसीले बताउनुभयो । पीडितले युवकले उजुरी गरेपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले थापालाई शनिवार जिरो किमीबाट पक्राउ गरेको थियो । 

थापाविरुद्ध जिल्ला अदालतबाट सोमबार ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ ।