• १२ साउन २०८१, शनिबार

सरकारी गाडीमा आगजनी

blog

विद्यार्थीद्वारा गाडीमा आगजनी भएपछि जल्दैगरेको गाडी ।

शशिधर पराजुली 

विराटनगर, जेठ २७ गते । शुल्कवृद्धिको विरोधमा आन्दोलनमा रहेका विद्यार्थीले विराटनगरमा एउटा सरकारी गाडीमा आइतबार आगजनी गरेका छन् । विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसनजिक कोशी प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका हुन् । 

मोरङको रङ्गेलीमा गत शुक्रबार संस्थागत विद्यालयले गरेको शुल्कवृद्धिको विरोधमा आन्दोलन गर्दा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो ।  विद्यार्थीलाई रिहाइ गर्न माग गर्दै विराटनगरको  रोडशेष चोकमा चक्काजाम गर्न हिंडेका विद्यार्थीले गाडीमा आगजनी गरेको प्रहरीको भनाइ छ । आगजनीबाट प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको स्कार्पियो गाडीमा क्षति पुगेको छ ।