आधारहीन समाचार प्रसारण नगर्न प्रहरीको ध्यानाकर्षण
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले भ्रामक तथा आधारहीन समाचार प्रसारण नगर्न ध्यानाकर्षण गराएको छ ।
दश लाख बढीको अवैध सामान बरामद
भारतबाट अवैध रूपमा तस्करी गरेर राजस्व छली ल्याएका १० लाख भन्दा बढीको अवैध सामान बरामद भएको छ ।
चोरीमा संलग्न छ जना पक्राउ
झापाको विभिन्न क्षेत्रमा चोरी गर्ने छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुन तस्करी प्रकरण : ५८ जनाविरुद्ध मुद्दा
स्कुटरको ब्रेक सु र अन्य विद्युतीय सामग्रीभित्र लुकाएर नेपाल ल्याइएको झन्डै तीन हजार दुई सय केजी सुन तस्करीका आरोपितविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले ५८ जनालाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा अर्को मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएका मध्ये ३५ जना नेपाली, १५ चिनियाँ र आठ भारतीय नागरिक रहेका छन् । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्रेक सुभित्र लुकाएर ल्याइएको अवस्थामा बरामद भएको तस्करीको ६० केजी सुनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाएको थियो ।
बम्जनलाई १० वर्ष कैद, पाँच लाख क्षतिपूर्ति भराउन आदेश
पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा पीडित बालिकालाई पाँच लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा सोमबार सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अभियुक्त बम्जनविरुद्ध त्यस्तो फैसला गरेको सर्लाही जिल्ला अदालतका स्रेस्तेदार सदनकुमार अधिकारीले जानकारी दिनुभयो । न्यायाधीश भण्डारीकै गत असार १० गतेको इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेको थियो ।
सुन तस्करी दोस्रो अनुसन्धान, डमी कम्पनीबाट सुन तस्करी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० केजी सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धान पूरा गरेको छ । गत साउन २ गते विमानस्थलबाट राजस्व अनुसन्धान विभागले ब्रेक सुभित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी सुन बरामद गरेको थियो । सिआइबीले पहिलो चरणको अनुसन्धान गत भदौ ५ गते पूरा गरेको थियो । सोही प्रकरणमा गत वैशाख २१ गते भारतीय नागरिक सिद्धार्थ भन्ने सिद्धनाथ अशोक गायकवाडलाई पक्राउ गरी सिआइबीले दोस्रो चरणको अनुसन्धान सुरु गरेको थियो ।
सब–इन्जिनियर हुसेन नियन्त्रणमा
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका सब–इन्जिनियर अख्तर हुसेनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग एक लाख रुपियाँ घुस रकम लिएको आरोपमा हुसेनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।
विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर ३१ अर्ब बढीको सुन तस्करी
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर ३१ अर्बभन्दा बढी रकम बराबरको सुन तस्करी भएको बताएको छ ।
भन्सार छली ल्याएका ३८ लाख बढीको कपडा बरामद
भन्सार छलेर भारतबाट नेपालगन्जमा लुकाएर भण्डारण गरिएको अवस्थामा प्रहरीले ठुलो परिमाणमा कपडा बरामद गरेको छ ।
पाँच नक्कली कम्पनी सञ्चालन गरी ३२ सय केजी सुन तस्करी, १२ जना पक्राउ
नेपाल प्रहरीले पाँच वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी भएको बताएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पाँच वटा नक्कली कम्पनी खडा गरेर करिब ३२ सय केजी सुन तस्करी गरेको पत्ता लागेको बताएको हो ।
होटल ग्यालेरीबाट अवैध लागूऔषधसहित दुई तानजेनियन नागरिक पक्राउ
काठमाडौँ महानगरपालिका-१६ स्थित होटल ग्यालेरीबाट अवैध लागूऔषध कोकिनसहित दुई तानजेनियन नागरिक पक्राउ परेका छन् । शनिबार दिउँसो प्रहरीले एक किलो दुई सय ४७ ग्राम ७६ मिलिग्रामसहित तानजेनियन नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
फरार रहेका पूर्व सांसद यादव पक्राउ
विगत आठ वर्षदेखि कर्तव्य ज्यानमुुद्दामा अभियुक्त रही फरार रहेका पूर्व सांसद कौशलकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
गलत बकपत्र दिनेविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत बकपत्र दिएको अभियोगमा बाँके डुडुवा गाउँपालिका–६ का मकरध्वज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउ
नेपाल प्रहरीले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रहरी इन्चार्ज नियन्त्रणमा
कैलालीमा प्रहरी चौकीका इन्चार्ज प्रहरी नियन्त्रणमा पर्नुभएको छ । टीकापुर नगरपालिका वडा ९ खैरिपुरस्थित प्रहरी बिटमा सार्वजनिक स्थलमा अपशब्द प्रयोग गर्दै गालिगलौच गरेपछि प्रहरी चौकी सत्तीका इन्चार्ज प्रहरी नायब निरीक्षक अशोक खड्कालाई ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको हो ।
हत्या गरी मकैबारीमा फालिएको महिलाको शव फेला
सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा एक महिलाको हत्या भएको छ ।
भन्सार छलीको सामानसहित दुई जना पक्राउ
पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका–१ का ३१ वर्षीय हरि बुढा र धनगढी उपमहानगरपालिका–९ की ४० वर्षीया सरस्वती विक रहेका छन्।
दुई किलो गाँजा सहित चार जना पक्राउ
दुई किलो गाँजा सहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ३ चटकपुरबाट खटिएको प्रहरी टोलीले भारतको सङ्ग्रौला जिल्ला श्रीपुर घर बताउने ६५ वर्षीय दलजित सिंहलाई शनिबार पक्राउ गरेको हो ।
गाई काट्ने एक पक्राउ
गोरखामा गाई काट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धार्चे गाउँपालिका –२ केरौंजा स्थायी घर भई हाल आरुघाट गाउँपालिका–९ सुन्दरबस्तीमा अस्थायी बसोबास गर्ने ३२ वर्षीय हाउडे भनिने सबिन बिक भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
वृद्ध महिलाको हत्यामा संलग्न तामाङ पक्राउ
सिक्कलले प्रहार गरी वृद्ध महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शुक्रवार दिउँसो ३ः३० बजे बजे झापाको भद्रपुर नगरपालिका २ डिगाँउका ७० वर्षीया गौरीमाया तामाङलाई सोही गाउँका ४० वर्षीय राजेश तामाङले घाँटीमा हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
७० बर्षीया बृद्धाको हत्या
झापाको भद्रपुरमा एक बृद्धाको हत्या भएको छ । शुक्रबार दिउँसो धारिलो हतियार (सिक्कल) प्रहार गरी भद्रपुर नगरपालिका –२ की ७० बर्षीया गौरीमाया तामाङको हत्या भएको हो ।
चीनमा नेपाली युवती बिक्री
विवाहको बहाना बनाई चीन पुर्याइएकी नेपाली युवतीलाई बिक्री गरी यौनजन्य क्रियाकलामा लाग्न बाध्य बनाएको आरोपमा प्रहरीले एक महिलालाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा–१, जोगीदहकी सुन्दरी राई रहेको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार पक्राउ परेकी राईले पीडित युवतीलाई सामाजिक सञ्जाल मेसेन्जरमार्फत सम्पर्क गरेकी थिइन् ।पीडितलाई प्रलोभनमा पार्ने क्रममा आरोपितले चीन धेरै राम्रो रहेको र आफूले जस्तै गरी चिनियाँ युवकसँग विवाह गरेर आउन सुझाव दिएको प्रहरीले जनाएको छ ।
फरार व्यक्ति तीन वर्षपछि पक्राउ
ताप्लेजुङमा ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। मैवाखोला गाउँपालिका–५ का ५३ वर्षीय फुर्वा दोर्ची शेर्पालाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको हो।
नापी कार्यालयका सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
कपिलवस्तु, नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता (तेली) विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।