• १७ असार २०८१, सोमबार

७० बर्षीया बृद्धाको हत्या

blog

बिष्णुप्रसाद पोखरेल

दमक, असार १४ गते । झापाको भद्रपुरमा एक बृद्धाको हत्या भएको छ । शुक्रबार दिउँसो धारिलो हतियार (सिक्कल) प्रहार गरी भद्रपुर नगरपालिका –२ की ७० बर्षीया गौरीमाया तामाङको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार स्थानीय पृथ्वीनगरस्थित डिगाँउका ४० वर्षीय राजेश तामाङले धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको छ ।

प्रहरीका अनुसार राजेशकै घरमा उनको दिदीसँग गफगाफ गरी बसिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गर्दा बृद्धाको घटनास्थलमा मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले जानकारी दिनुभयो । 

हत्याको कारण खुल्न नसकेको चन्दले जानकारी दिनुभयो । घटनाबारे सुक्ष्म अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।