• १७ असार २०८१, सोमबार

वृद्ध महिलाको हत्यामा संलग्न तामाङ पक्राउ

blog

काठमाडौँ, असार १५ गते । सिक्कलले प्रहार गरी वृद्ध महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शुक्रवार दिउँसो ३ः३० बजे बजे झापाको भद्रपुर नगरपालिका २ डिगाँउका ७० वर्षीया गौरीमाया तामाङलाई  सोही गाउँका ४० वर्षीय राजेश तामाङले घाँटीमा हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । 

घाँटीको दाहिने भागमा धारिलो हतियार सिक्कल प्रहार गरी हत्या गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान कार्य अघि बढाइएको जनाएको छ ।