• १७ असार २०८१, सोमबार

दुई किलो गाँजा सहित चार जना पक्राउ

blog

भावना जोशी 

अत्तरिया, असार १५ गते । दुई किलो गाँजा सहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका ३ चटकपुरबाट खटिएको प्रहरी टोलीले भारतको सङ्ग्रौला जिल्ला श्रीपुर घर बताउने ६५ वर्षीय दलजित सिंहलाई शनिबार पक्राउ गरेको हो । 

सिंहलाई शंकालागेर चेकजाँच गर्दा २ केजि गाँजा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कवीन्द्र सिंह बोहराले जानकारी दिनुभयो। यस्तै प्रहरीले विदेशी विनिमय अपचलन मुद्दामा १ लाख ५५ हजार ५२० जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका–५ का ३१ वर्षीय रामबहादुर विष्ट,लाई समेत पक्राउ गरेको जनाएको छ । 

प्रहरीले अनुसन्धानकै क्रममा बिना इजाजत वन पैदावार ओसार पसार सम्बन्धी मुद्दामा ३६ हजार ११४ जरिवाना तोकिएका बर्दगोरिया गाउँपालिका–३ बस्ने ५६ वर्षीय डम्बरराम भण्डारी र लागूऔषध मुद्दामा २ हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका–२ बस्ने २६ वर्षीय शेखर सुनारलाई पक्राउ गरेको जनाएको छ ।  

पक्राउ परेका तीन जना नेपाली जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले जरिवाना ठहर भई फरार छन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।