• १२ साउन २०८१, शनिबार

बालिकाको शङ्कास्पद मृत्यु, प्रहरीलाई जानकारी नदिई दाहसंस्कार

blog

हरिनगर गाउँपालिका ७ घुम्मीमा लक्ष्मी कुमारी सरदारलाई दाहसंस्कार गरेको स्थलमा प्रहरीले जानकारी लिँदै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, जेठ २१ गते ।
 सुनसरीको हरिनगर गाउँपालिका-७ घुस्कीमा एक बालिकाको हत्या भएको आशङ्का गरिएको छ । जेठ ४ गते हरिनगर गाउँपालिका-७ घुस्कीका रामचन्द्र सरदारकी १५ वर्षीया छोरी लक्ष्मी कुमारी सरदारको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । उक्त घटनामा प्रहरीलाई जानकारी समेत नदिई स्थानीय जनप्रतिनिधि, अभिभाव र छिमेकीहरूले पोष्टमार्टम र प्रहरीलाई जानकारी समेत नदिई दाहसंस्कार गरेकाले बालिकाको हत्या भएको आशङ्का गरिएको हो ।

प्रहरीले तीन दिनपछि मात्रै घटनाबारे जानकारी पाएपछि यस विषयमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

प्रहरी उपरीक्षक भण्डारीले बालिकाले हत्या गरेको वा आत्महत्या के भएको हो ? आफूहरूलाई जानकारी नदिएकाले थाहा भएन तर अनुसन्धानका लागि प्रहरी अधिकृत घटाएको जानकारी दिनुभयो ।

स्थानीयहरूले लक्ष्मीको स्थानीय सुरेश सरदारसँगको प्रेमसम्बन्ध रहेको र त्यसको विषयमा दुई परिवारका बिच विवादका कारणले हत्या भएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् । हरिनगर गाउँपालिका ७ का वडा अध्यक्ष मोजोपमिल खाँले समेत बालिकाको मृत्यु बारेमा थाहा नभएको र सुरुमा कालगतीले मरेको सुनिएको तर सबै कुरा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिनुभयो । वडा अध्यक्ष खाँले पछि बुझ्दा घुस्कीमा एक बालिकाले आत्महत्या गरेको सुनिएको बताउनुभयो ।

मृतककी आमा रम्भा सरदारले आफू मकै भित्र्याउन गएको बेला छोरी झुण्डिएको थाहा  पाएको प्रतिक्रिया दिनुभयो ।

उहाँले मृत्युको बारेमा आफूलाई थाहा नभएको र जनप्रतिनिधिहरूले प्रहरीमा जानकारी दिनुपर्ने भनेकाले दाहसंस्कार गरेको दाबी गर्नुभयो ।

प्रहरी कार्यालयमा भने निवेदन वा जाहेरी केही परेको छैन । नागरिक समाजका व्यक्तिहरूले भने सीमावर्ती क्षेत्रमा भएको घटना हत्या हुन सक्ने आशङ्कासँग जोड्दै सूक्ष्म छानबिन र अनुसन्धान गर्न माग गरेका छन् ।