• १२ साउन २०८१, शनिबार

भरुवा बन्दुक सहित एक जना पक्राउ

blog

मीना कंडेल

कावासोती, जेठ ४ गते । नवलपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय डेढगाउँको टोलीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको हो ।

नवलपुरको बौदीकाली गाउँपालिका ६ पोखरीछाप निवासी ५६ वर्षीय चन्द्रबहादुर सिंजाली मगरलाई भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । 

सिंजाली मगरलाइ डेढगाउँबाट नरम जाने बाटोमा एक नाले भरुवा बन्दुक सहित हिँडिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबिच नवलपुरको हुप्सेकोट गाउँपालिका-३ गिरुवारी खोलामा निर्माणाधीन पक्की पुलबाट नटबल्टु चोरी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । निर्माणाधीन पुलबाट फलामका ३ झोला नटबल्टु खोली चोरेरको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा हुप्सेकोट २ निवासी २४ वर्षीय अमित विक, २१ वर्षीय चन्द्रबहादुर परियार, १९ वर्षीय कृष्ण परियार, २० वर्षीय सन्दीप विक र २४ वर्षीय सुमित विक छन् । उनीहरूको साथबाट प्रहरीले फलामका नटबल्टु पनि बरामद गरेको छ ।