• १२ साउन २०८१, शनिबार

भन्सार छलेर ल्याइएको १२ लाखको सामान बरामद

blog

प्रहरीले बरामद गरेको सामान ।

अविनाश चौधरी

धनगढी, जेठ २ गते । भन्सार छलेर भारतबाट ल्याइएको १२ लाख रुपियाँ बढीको सामान कैलाली प्रहरीले बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–५ लब्ली चौकबाट सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

बरामद सामानमा १२ लाख नौ हजार रुपियाँ बराबरको कुर्ती, साडी, कुर्ती सेट र सेन्डो छ । सामान बोकेर ल्याएको सु.प.प्र. ०१००१ से ४७७९ नम्बरको अटोसहित बेवारिसे अवस्थामा रहेको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बरामद सामानहरू जिल्ला भन्सार कार्यालयमा बुझाइएको छ ।