• १२ साउन २०८१, शनिबार

तीन जना फरार अभियुक्त पक्राउ

blog

राधा लुइटेल 

फिदिम, जेठ ३ गते । पाँचथर प्रहरीले बाल यौन दुर्व्यवहार विरुद्धको मुद्रामा अदालतबाट दोषी ठहर भएपछि फरार भएका तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार पक्राउ गरेका तीनै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पाँचथरमा हाजिर गराएको प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा पाँचथरको तुम्बेवा ३ घर भएका ४४ वर्षीय इन्द्रबहादुर खड्का, मिक्लाजुङ ४ का ५४ वर्षीय कृष्णबहादुर नेपाली र फिदिम नगरपालिका ११ का ३३ वर्षीय इन्द्रबहादुर विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पक्राउ परेकामध्ये खड्का र नेपालीलाई जिल्ला अदालतले बाल यौन दुर्व्यवहार विरुद्धको मुद्रामा दोषी ठहराउँदै कैद र जरिवाना फैसला सुनाएको थियो । खड्कालाई २०७९ साल असोज ९ गतेको फैसलाले दोषी ठहर गर्दै ५ महिना १५ दिन कैद र ५ हजार रुपियाँ जरिवाना तथा नेपालीलाई २०७८ चैत १५ गतेको फैसलाले ५ महिना ७ दिन कैद र १२ हजार ५ सय रुपियाँ जरिवाना सुनाएको कुँवरको भनाइ छ ।

यस्तै, विश्वकर्मा विश्वकर्मालाई २०८० साउन ४ गतेको फैसलाले ५ महिना ४ दिन कैद गर्ने फैसला सुनाएको थियो । अदालतमा हाजिर गराएका तीनै जनालाई फैसला कार्यान्वयनका लागि पाँचथर कारागार पठाइएको छ ।