• १२ साउन २०८१, शनिबार

बिर्तामोडमा भेटियो सडेको शव

blog

शव भेटिएको क्षेत्रमा पुगेको प्रहरी ।

बिर्तामोड,  जेठ ६ गते ।  झापाको बिर्तामोडमा सडेको अवस्थामा एक जना पुरुषको शव भेटिएको छ ।

बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको उत्तर  झाडीमा सडेगलेकोको अवस्थामा शव भेटिएको हो ।

आइतबार  बिहान अन्दाजी ११ बजे प्रहरीले शवबारे जानकारी पाएपछि घटनास्थल पुगेको थियो ।

अनारमनी प्रहरी घटनास्थलमा पुगेर शवलाई पोको पारेर पोस्टमार्टम लगिएको छ  ।

शव सडेगलेकोले पहिचान भइनसकेको तथा घटनाबारे थप अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जनाएको छ ।