• २५ जेठ २०८२, आइतबार

बागमती प्रदेशस्तरीय हक्की सुरु

blog

हक्कीको उद्घाटन खेलमा प्रतिस्पर्धा गर्दे खेलाडी ।

काठमाडौँ, जेठ २५ गते । बागमती प्रदेशस्तरीय पुरुष हक्की प्रतियोगिता आइतबारदेखि भक्तपुरमा सुरु भएको छ । 

भक्तपुरको मध्यपुर थिमी नगरपालिका दिब्यश्वरीस्थित रोयल नेपाल फुटसलमा सुरु भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी समिति सदस्य सुवर्ण श्रेष्ठले एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो । 


प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गण्डकी प्रदेश र कोशी प्रदेशले फाइनलमा स्थान बनाएको छ । सेमिफाइनलमा गण्डकीले सुदूरपश्चिमलाई १–० र कोशीले कर्णालीलाई ७–२ गोलले हराएको थियो । यस्तै यसअघि समूह चरणको पहिलो खेलमा कर्णालीले मधेश प्रदेशलाई ५–० ले हराएको थियो ।

यस्तै कोशीले गण्डकी प्रदेशलाई २–१, सुदूरपश्चिमले कर्णालीलाई २–१, कोशीले बागमती प्रदेशलाई ६–०, सुदूरपश्चिमले मधेशलाई ४–० र गण्डकीले बागमतीलाई ६–१ ले हराएको थियो ।

दुई दिने प्रतियोगितामा बागमती, कोशी, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश गरी ६ टोलीको सहभागिता रहेको छ ।