• ३ असार २०८१, सोमबार

सडेको अवस्थामा बेवारिसे शव फेला

blog

शेरबहादुर राई

ओखलढुङ्गा, जेठ ११ गते । ओखलढुङ्गामा सडेको अवस्थामा एक पुरुषको बेवारिसे शव फेला परेको छ । 

खिजिदेम्बा गाउँपालिका–८ मा रहेको भुसिंगा खोला जलविद्युत आयोजनाको मुहानको छेउमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले बताउनुभयो । फेला परेको शवको आवश्यक कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको कार्कीको बताउनुभयो । 

शवको पहिचान र घटनाबारे अनुसन्धान थप भइरहेको प्रहरीले जनाएको छ ।