• ३ असार २०८१, सोमबार

गोरु हत्या अभियोगमा दुई पक्राउ

blog

इमानसिं राना

रामपुर (पाल्पा), जेठ ११ गते । पाल्पामा गोरु हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रामपुर नगरपालिका –९ का तारानाथ नेपालीको गोठमा रहेको गोरुलाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरेको हो । 

रामपुर नगरपालिका –९ का ५२ वर्षीय तारानाथ नेपाली र पूूर्वखोला गाउँपालिका –१ का ३८  वर्षीय तिलकराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गत मंगलबार हत्या गरेको जानकारी पाएसँगै ईलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।