• १२ साउन २०८१, शनिबार

जबरजस्ती करणीको आरोपमा अहेब पक्राउ

blog

रेखीराम राना
तानसेन, जेठ ३० गते ।
पाल्पामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रिब्दीकोट–५, नयाँटोलाका ३६ वर्षीय बृहस्पति पचभैया रहेको प्रहरीले जनाएको छ ।

गत शनिबार नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । पीडित बालिकाका आफन्तले किटानी जाहेरी दिएपछि पचभौयालाई पक्राउ गरिएको श्रेष्ठले बताउनुभयो ।

पक्राउ परेका पचभैया तानसेन नगरपालिकाभित्रको एक स्वास्थ्य संस्थामा अहेब पदमा कार्यरत थिए । उनीमाथि थप अनुसन्धान कार्य चलिरहेको प्रहरीले जनाएको छ ।