• १२ साउन २०८१, शनिबार

बलात्कार आरोपीलाई १२ वर्ष कैद

blog

सांकेतिक तस्बिर

 कोकिला ढकाल

इलाम, जेठ ३१ गते । इलामको सूर्योदय नगरपालिका–४ का २७ वर्षीय मिलन घिमिरेलाई बालिका बलात्कार गरेको आरोपमा जिल्ला अदालत इलामले १२ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले घिमिरेलाई १२ वर्ष कैदसहित पाँच लाख रुपियाँ जरिवानाको फैसला सुनाएको हो । 

घिमिरेले १५ वर्षीया एक बालिकालाई ०८० भदौ १२ गते इलाम सदरमुकामस्थित एक होटलमा राखेर बलात्कार गरेको तथ्य प्रमाणित भएको जिल्ला अदालत इलामले जनाएको छ । 

घटना लगतै घिमिरे  पुर्पक्षका लागि थुनामा रहेका थिए । बालिका करणी गरेको तथ्य पुष्टि भएपछि घिमिरेलाई मुलुकी संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिम जबरजस्ती करणीको कसुर गरेको अभियोग लगाइएको जनाइएको छ ।