• ७ कात्तिक २०८१, बुधबार

बेपत्ता महिलाको शव फेला

blog

विजयकुमार साह

ढल्केबर, असार २ गते । आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव सडेगलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले ती महिलाको शव शनिवार राती मिथिला नगरपालिका–५, स्थित औरही सामुदायिक वनमा भेटिएको बताउनुभयो । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।

ती महिलालाई हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । हत्या अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।