नाटक कलाको यस्तो विधा हो, जो यसमा डुब्छ उसले नै नाटकलाई बुझ्छ । बाहिरबाट हेर्दा नाटकको उद्देश्य र महत्व मनोरञ्जन जस्तो मात्र देखिए पनि रङ्गकर्मीहरू यसभित्र जीवन नै लुकेको बताउनुहुन्छ । प्रख्यात बेलायती चलचित्रकर्मी अल्फ्रेड हिच्ककले भन्नुभएको छ, “जीवनबाट नाटक हटाइदिने हो भने त्यो निरस हुन्छ ।”
विश्वयुद्ध–२ को पृष्ठभूमिमा बनेको बलिउड चलचित्र ‘बवाल’ अमेजन प्राइम भिडियोमा प्रदर्शन भएको छ । श्रीमान् श्रीमतीबिच आउने उतारचढावको कथामा आधारित चलचित्रमा पहिलो पटक कलाकार वरुण धवन र जान्ह्वी कपुरको जोडीलाई हेर्न पाइन्छ । चलचित्रमा हिटलर र दोस्रो विश्वयुद्धको सन्दर्भ देखाइएको छ जसले दर्शकलाई केही मात्रामा भए पनि दुवै विषयमा जानकार बनाउन मद्दत गर्छ ।
गत साता चलचित्र ‘बगान’ चलिरहँदा हलभित्रको दर्शकको सङ्ख्या ज्यादै न्यून रहेको पाइयो । कुनै कुनै हलको सोमा त मुस्किलले १० जना दर्शकका लागि पनि चलचित्रका रिल घुमाउनु पर्ने बाध्यता हल सञ्चालकसँग रह्यो । पछिल्लो समय प्रायः अधिकांश चलचित्रको नियति यस्तै रहेको पाइन्छ ।
साउन महिनामा व्रत बसेर भगवान् शिवजीको पूजा आराधना गर्नमा सिने कलाकारहरू पनि अन्य हिन्दु महिला जस्तै उत्साहित छन् तर उनीहरू आम महिला जस्तो कठोर व्रत बस्नुभन्दा पनि यो महिनाभरको खानपानमा भने विशेष सजग हुने गरेका छन् । महिला सिनेकर्मीहरू यति बेला कठोर रूपमा व्रत नै नबसे पनि शाकाहारी भने बन्ने गरेको बताउँछन् । पौराणिक मान्यता अनुसार यो महिनाको सोमबार व्रत बसेर भगवान् शिवको पूजा आराधना गर्नाले मनोकामना पूरा हुन्छ भन्ने विश्वास रहँदै आएको छ । धार्मिक आस्था भएकाले महिनाभर माछा, मासु, लसुन प्याजलगायत केही कन्दमूल तथा अशुद्ध मानिएका केही सब्जीलाई वर्जित गर्ने गरेको पाइन्छ ।
झट्ट सोच्दा जोकोहीलाई पनि लाग्न सक्छ, देशमा बजार छ त मात्र म्युजिक भिडियोको तर यो सत्य होइन । म्युजिक भिडियोमा लगानी गर्नेहरू अहिले आफ्नो पैसा उठ्ने कुरामा ढुक्क देखिँदैनन् । आजकल गीत रेकर्डसँगै म्युजिक भिडियो बन्ने गर्छन् । म्युजिक भिडियोमार्फत कलाकारले अभिनयको अवसर मात्र पाउँदैनन् गायक, गायिकाले दर्शक, श्रोतामाझ चिनिने मौकासमेत पाउँछन् तर अहिले म्युजिक भिडियोको बाढी लाग्न थालेपछि यसको लहर केही तल झर्न थालेको छ ।
टम क्रुज एक्सन र भयानक मिसनको साथ फेरि ठुलो पर्दामा फर्किनुभएको छ। उहाँले एक पटक फेरि आफ्नो इथान हन्टको चरित्रलाई चलचित्र ‘मिसन इम्पोसिबल डेड रेकोनिङ पार्ट १’ मार्फत देखाउने मौका पाउनुभएको छ। टम मिसन इम्पोसिबल सिरिजको त्यस्तो अनुहार हो जसले असम्भव मिसनलाई सम्भव बनाउन जस्तो सुकै बाधा अड्चनसँग पनि लड्न तयार रहनुहुन्छ।
चलचित्र ‘बगान’ एकल महिलालाई परिवार र समाजले हेर्ने दृष्टिकोण, आमाका रूपमा उनले गर्ने सङ्घर्ष र पूरा गर्ने दायित्वको कथा हो। निर्देशक सरोज खनालले एकल आमाको सङ्घर्ष, परिवार र समाजको सङ्कुचित भावना, समाज परिवर्तनमा नयाँ पुस्ताको भूमिकालाई देखाउने प्रयास गर्नुभएको छ। एउटी सङ्घर्षशील महिलाको अस्तित्वलाई समाजका विभिन्न तत्वले कसरी निमोठ्ने प्रयास गरिरहेको हुन्छ र त्यस्तो प्रवृत्तिसँग जुधेर कसरी महिला अगाडि बढ्न सक्छिन् भन्ने कथा चलचित्रमा देखाइएको छ। त्यस्तै परम्परागत र रूढिग्रस्त समाज परिवर्तनमा नयाँ पुस्ताको भूमिकालाई पनि चलचित्रमार्फत देखाएर प्रेरित गरेको छ।
पछिल्लो समय कलाकारहरूमा पुस्तक प्रतिको मोह बढेको छ । कतिपय कलाकारले विविध विधाका पुस्तकलाई पढ्नुलाई आफ्नो नियमित दिनचर्या नै बनाएका छन् । पुस्तकमा समाज प्रतिविम्बित हुने भएकाले राम्रो कलाकार र निर्देशक बन्न सकेसम्म अधिक पुस्तक पढ्नु पर्ने आवश्यकता कलाकारहरू स्वयं औँल्याउँ छन् ।
नाटक ‘ट्युबेल’ मधेशको स्वाद र परिवेश झल्काउने कथा हो । नाटकमा मधेशको माटोको सुगन्ध पस्किने प्रयास गरिएको छ । माटोमा सुन फलाउने किसानको सङ्घर्ष र भोगाइ देखाउन खोजिएको छ । यस नाटकको कथा २०५६ सालतिरको हो तर अहिले पनि किसानका दुःख र सङ्घर्षमा केही परिवर्तन आएको छैन । किसान अहिले पनि उत्तिकै पीडित छन्, जसरी पहिला हुने गर्थे । भोजपुरी र नेपाली भाषामा तयार पारिएको नाटकभित्र प्रजातन्त्रको पुनर्बहालीपछिको समयमा
पछिल्लो समय रङ्गमञ्चमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ। जीवनसँग जोडिएको नाटकले धेरै कलाकार जन्माएको छ । कोही औपचारिक शिक्षा लिएर नाटकमा लागेका छन् भने कोही आफ्नै अनुभव र स्वअध्यननले । नाटकलाई योगदान दिन चाहने र आफ्नो जीवनमा योगदान लिन चाहने थुप्रै युवा अहिले रङ्गमञ्चमा देखिन थालेका छन् । कसैलाई थिएटरमा अभिनय गरेर चलचित्रमा प्रवेश गर्नु छ त कोहीलार्य आफूभित्र भएको कलालाई अझ तिखार्नु छ ।
अहमदाबादमा बस्ने सत्यप्रेम (कार्तिक आर्यन) असफलताका कारण आफ्नो पढाइ पूरा गर्न सक्दैनन्। उनी बेरोजगार छन्। सत्यप्रेम र उनका बुवा, आमा र बहिनीको कमाइमा दैनिकी चलाइरहेका हुन्छन्। सत्यप्रेम कथा (कियारा आडवाणी) एकतर्फी प्रेममा हुन्छन्, जो धनी बुवाकी छोरी हुन् र उनको प्रेमी पनि छ। कथाले एक दिन आत्महत्या गर्न खोज्छिन् तर सत्यप्रेमले उनलाई बचाउँछन्। यसबाट प्रभावित भएर उनका बुवाले सत्यप्रेमसँग कथाको विवाह गराउँछन्, जबकि कथा यस विवाहको विरुद्धमा हुन्छिन्। कथा किन आत्महत्याको प्रयास गर्छिन् ? श्रीमान्बाट किन टाढा रहन खोज्छिन् ? यही प्रश्नको जवाफ खोज्न मै रुमलिएको छ चलचित्र।
कुनै समय हलमा चलचित्र चलाउन कि मौसम कुनुपथ्र्यो कि चाडपर्व । तीज, दसैँ तिहार, नयाँ वर्ष पारेर चलचित्र प्रदर्शन गर्न निर्माता/निर्देशकबिच होडबाजी चल्थ्यो तर अहिले परिस्थिति बदलिएको छ । चलचित्रका लागि कुनै मौसम वा पर्व उपयुक्त हुन्छ भनेर भन्न सकिने अवस्था छैन । क्युज सिनेमाका प्रमुख कार्यकारी अधिकृत राकेश श्रेष्ठ राम्रा चलचित्रका लागि जुनसुकै समय पनि सदाबहार नै ठहरिने दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “चलचित्र चलाउन मौसम वा पर्व नै कुर्नु पर्छ भन्ने होइन । यदि चलचित्रको कथा राम्रो छ भने जुनसुकै मौसम पनि बहारयुक्त हुन सक्छ ।”
‘मेरो माया, ठिक छ, माया देऊ धोका नदेऊ, केटाकेटी, भुलमा भुलियो’ जस्ता गीत गाएर नेपाली रक सङ्गीतमा श्रोता झुमाएका नेपालका ‘रक स्टार’ रविन तामाङको निधन भएको छ । बुढानीलकण्ठ–५, चिसेनीस्थित निवासमा मङ्गलबार बेलुकी उहाँको मृत्यु भएको खबरले नेपाली सङ्गीत क्षेत्रलाई मात्र होइन सम्पूर्ण सङ्गीतप्रेमीलाई स्तब्ध तुल्यायो । रविन एन्ड द रिभोलुसन ब्यान्डका भोकलिस्ट रहनुभएका रविन पछिल्लो समय चलचित्र अभिनय
पछिल्लो समय नेपाली चलचित्रका कथा, विषय र त्यसमा प्रयोग गरिने भाषा र प्रस्तुतिको शैलीमा ठुलै परिवर्तन देखिन थालेको छ । चलचित्रका निर्माता तथा निर्देशकले कुन पात्र र कस्तो प्रविधि प्रयोग गर्दा चलचित्र विकाउ हुन्छ भन्ने कुरा बुझिसकेका छन् । त्यसैले निर्माता र निर्देशक नयाँ सोचका विषयवस्तुलाई लिएर कथा बुन्ने र प्रस्तुत गर्न थालेका छन् ।
घामको प्रचण्ड तापमा होस् वा मुसलधारे वर्षा मानिसले छाताको ओत सहज मान्छन् । अझ नेपाली समाजमा त विवाह, व्रतबन्ध, जात्रा, स्वागत, सम्मान जस्तो शुभकार्यमा होस् वा मृत्यु संस्कारमा वा अन्य सङ्कट हरणका लागि गरिने दान धर्ममा छाता अनिवार्य नै मानिन्छ । जसरी छाताको उपयोग र प्रयोजनका अवसर फरक छन् । छाताका रङ, डिजाइन र आकार, मूल्य पनि फरक फरक पाइन्छ । त्यति मात्र पनि होइन उमेर समूह वा वर्ग अनुसार छाताको छनोटमा अनेकता देखिन्छ ।