हलिउड र बलिउडमा जस्तै नेपाली चलचित्र जगत्मा पनि चलचित्र सिरिज बनाउने होड चलेको छ । निर्देशकहरू अहिले आफ्नो चलचित्रको सिरिज बनाएर सिनेमाघरमा दर्शक तान्ने प्रयत्नमा देखिनुभएको छ । एउटै नाम भएको फरक कथाको चलचित्र भए पनि नाम दर्शकको मुखमा भुन्डिसकेको हुनाले यस्ता नेपाली चलचित्रहरूले निर्मातालाई मनग्गे फाइदा पुग्ने गरेको उदाहरण नेपालमै पनि छ । यसका कारण सिनेमाघरहरूमा नेपाली चलचित्र हेर्ने दर्शकको घुइँचो लाग्नु नै हो । केही समय सुस्ताएको चलचित्र बजार अहिले एकाएक माथि उठेको छ । चलचित्र ‘छक्का पञ्जा ४’ यसको राम्रो उदाहरण हो ।
संसारलाई नै हल्लाएको कोभिड–१९ बाट अछुतो रहेको कुनै क्षेत्र थिएन । कोभिडका कारण अधिकांश क्षेत्रको अवस्था उकालोतर्फ धकेलिएको थियो । यसको असरबाट नेपाली रङ्गमञ्च पनि बच्ने कुरै भएन । स्थिति कस्तोसम्म आएको थियो भने रङ्गमञ्चमा आश्रित कतिपय यस क्षेत्रबाट पलायन हुने अवस्था थियो । अहिले समय फेरिएको छ । हिजोका ती तिता अतीतलाई अहिले रङ्गकर्मीले बिर्सिसकेका छन् ।
अपराधीका समूहको कथामा आधारित चलचित्र ‘कब्जा’ द्वन्द्व र ‘ड्रामा’ चलचित्र मन पराउने दर्शकका लागि एक मनोरञ्जक चलचित्र साबित हुन सक्छ । यस चलचित्रबाट निर्माता आनन्द पण्डितले ‘डेब्यु’ गर्नुभएको छ । चलचित्रमा उपेन्द्र, किच्चा सुदीप, शिव राजकुमार पहिलो पटक एकसाथ ठूलो पर्दामा सँगै देखिनुभएको छ । कन्नड स्टार उपेन्द्रको यो पहिलो चलचित्र हो, जुन तमिल, तेलगु र मलायालमका साथै हिन्दीमा पनि प्रदर्शन भइसकेको छ । चलचित्रको कथा चालीसको दशकबाट सुरु भएर करिब चार दशकको लामो यात्रा तय गर्छ । चलचित्रमा उपेन्द्र अन्डरवल्र्ड डन अर्केश्वरको भूमिकामा देखिनुभएको छ । एक इमानदार वायुसेना अधिकृतबाट परिस्थितिवश अन्डरवल्र्ड डन बन्ने अर्केश्वरको जीवनलाई पर्दामा उतारिएको छ । त्यस्तै अर्कोतर्फ बेलायती सरकारले अर्केश्वरलाई मार्ने जिम्मा प्रहरी अधिकृत किच्चा सुदीपलाई दिएको हुन्छ ।
छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सुजित बिडारी निर्देशित चलचित्र ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट राष्ट्रिय फिचर फिल्म बन्न सफल भएको छ । महोत्सवमा चलचित्र ‘प्रकाश’बाट प्रदीप खड्का उत्कृष्ट अभिनेता तथा दिया मास्के उत्कृष्ट अभिनेत्री बन्नुभएको छ । चलचित्र ‘ऐना झ्यालको पुतली’बाट सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड हात पार्नुभयो ।
चलचित्र ‘द स्पोन्सर’को कथा सप्तकोशी किनारमा बस्ने तीन जनाको परिवार एउटा सानो झुपडीबाट सुरु हुन्छ । एउटा विपन्न समुदाय जोसँग बस्ने छानो र गरिखाने मानो छैन । त्यो समुदायको गाँसबास भनेकै दैनिक माछा मारेर गुजारा चलाउने हो । न उनीहरूसँग सपना छ, न आकाङ्क्षा नै । माछा मा¥यो, हाटमा लगेर बेच्यो र बेलुका लोकल रक्सी खाएर अर्धबोहोसीमा रात कटायो ।
चलचित्र ‘मिसेस चटर्जी भर्सेस नर्वे’ले एउटी महिला विवाहपछि श्रीमान्सँग विदेशी भूमि गएपछि उनीमाथि आएको आपत्विपत् उनी एक्लैले कसरी सामना गर्छिन् भन्ने प्रस्ट्याउन खोजिएको छ । विदेशी भूमिलाई स्वर्ग देखाएर मोहित बनाउने यस चलचित्रले पहिलो पटक राम्रो पैसा कमाउने र विदेशी नागरिकताको लोभमा देशबाट शिक्षित मानिस पलायन भएको यथार्थ र दर्दनाक चित्र प्रस्तुत गरेको छ । चलचित्रमा दुई सन्तानकी आमा यस्तै यथार्थबाट गुज्रिएकी देखाइएको छ ।
रणवीर कपुर र श्रद्धा कपुर अभिनीत बलिउड चलचित्र ‘तू झुठी मैं मक्कार’ रोमान्टिक कमेडी विधाको चलचित्र हो । चलचित्रलाई लव रञ्जनले निर्देशन गर्नुभएको हो । यसअघि लव रञ्जनले ‘प्यार का पञ्चनामा’ र ‘सोनु के टिटु की स्विटी’ जस्तो उत्कृष्ट रोमान्टिक कमेडी चलचित्र बनाइसक्नुभयो । चलचित्र ‘ये जवानी है दिवानी’ को नौ वर्षपछि रणवीर कपुर रोमान्टिक कमेडी चलचित्रमा देखिनुभएको छ ।
केही वर्षयता नेपाली कलाकारका लागि राम्रो आम्दानीको बाटो बनेको छ, म्युजिक भिडियो । महानायक राजेश हमालदेखि अहिलेका चल्तीका नायक दयाहाङ राईसम्मलाई म्युजिक भिडियोको स्वादले छोइसकेको छ । केही वर्षअघि महानायक हमालले पत्नी मधु भट्टराईसँग ‘जिन्दगी’ बोलको गीतमा पहिलो पटक मोडलिङ गर्नुभएको थियो । उक्त म्युजिक भिडियो चल्यो चलेन, त्यो आफ्नो ठाउँमा छ तर महानायक र पत्नी भट्टराईको भिडियोले चर्चा भने राम्रै कमाएको थियो । त्यसपछि महानायकले गायक भीम चापागाईंको ‘चट्ट बसम् देउरालीमा’ बोलको गीतमा अभिनय गर्नुभयो । उहाँलाई उक्त म्युजिक भिडियोमा अभिनेत्री करिश्मा मानन्धरले साथ दिनुभएको थियो। यसरी चलचित्रमा एकदमै कम काम गर्छु भन्ने महानायक अहिले म्युजिक भिडियोमा धमाधम देखिन थाल्नुभएको छ ।
पछिल्लो समय नेपाली चलचित्र उद्योगले निकै राम्रा चलचित्र दर्शकमाझ पस्कन थालेको छ । प्राविधिक हिसाबले नेपाली चलचित्रको स्तरमा निकै सुधार आएको अनुभव गर्न सकिन्छ तर चलचित्रको कथावस्तुमा भने अझै पनि आशा गरिएको जस्तो सुधार देखिँदैन । हालै प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा–४’प्रति दर्शकको निकै ठूलो आशा थियो । दर्शकको आशा निराशामा बदलिएको छ । छक्का पञ्जाको तीनवटै सिक्वेल हेरेका दर्शकले ‘छक्का पञ्जा–४’ मा अझै सुधारको अपेक्षा गरेका थिए तर दर्शकले चलचित्रमा सोचेजस्तो सुधार पाएनन् ।
रङहरूको पर्व होली आज धूमधामका साथ मनाइँदै छ । यो पर्वले हाम्रा कलाकारहरूलाई नछुने कुरै भएन । प्रायः कलाकारले होलीलाई भेटघाट, रमाइलो र थकान मेटाउने बहानाका रूपमा लिने गर्नुभएको छ । होलीको दिन विभिन्न मिडिया हाउसमा हुने होली कार्यक्रमले कलाकारलाई व्यस्त त बनाउँछ नै साथै साथीभाइबीच रङ छ्यापाछ्याप गर्न रुचाउने धेरैजसो कलाकार लोला हानेको भने त्यति मन पराउनु हुन्न ।
नेपाली चलचित्र भन्नेबित्तिकै टाढा भाग्ने दर्शक अहिले नेपाली चलचित्रबारे मन खोलेर बोल्न थालेका छन्। यसको अर्थ यो पनि हो कि केही महिनादेखि नेपाली चलचित्रको बजार माथि उक्लने क्रममा देखिएको छ। यसको ज्वलन्त उदाहरण हो, फागुन १९ गतेबाट प्रदर्शनमा आएका दुई चलचित्र ‘छक्का पञ्जा–४’ र ‘२.० छड्के’ ।
अक्षय कुमारको गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’, ‘रक्षाबन्धन’, ‘कठपुतली’ र ‘राम सेतु’ले सिनेमाघरहरूमा खासै तहल्का मच्चाउन सकेनन् । यीमध्ये दुई चलचित्र ‘बच्चन पाण्डे’ र ‘कठपुतली’ साउथ फिल्मको रिमेक थिए । यति हुँदाहुँदै पनि अक्षयले लगातार रिमेक चलचित्रमा काम गरिरहेका छन् । अक्षयकुमार र इमरान हास्मी अभिनीत चलचित्र ‘सेल्फी’ पनि २०१९ को मलयालम चलचित्र ‘ड्राइभिङ लाइसेन्स’को रिमेक हो । कस्तो देखिन्छ भने बलिउडमा अहिले चलचित्रमा आफ्नो मौलिक कथा पस्कन नसकेर साउथ सिनेमाको रिमेक बनाउनमा रमाइरहेका छन् ।
मोक्ष प्राप्तिको चाहनालाई नाटकका रूपमा उजगार गर्ने नाटक ‘विमोक्ष’ आगामी फागुन १७ गतेदेखि बत्तिसपुतलीस्थित शिल्पी थियटरमा मञ्चन हुँदै छ । परिकल्पना तथा निर्देशन प्रवीण खतिवडाको रहेको ‘विमोक्ष’ नाटकमा घिमिरे युवराज नाटककार हुनुहुन्छ । श्रीमान्ले दिएको यातनाको गहिरो छाप छ मुमा हजुर (सगुना शाह)को स्मृतिमा । श्रीमान्को मृत्युपछि उनी आफूभन्दा निकै कम उमेरको युवा ‘कमल’सँग प्रेममा पर्छिन् । उनको त्यो प्रेमको दिगो हुँदैन । कमल उनीबाट टाढा भएको निकै वर्ष भइसकेको हुन्छ । उनमा अझै कमललाई भेट्ने चाहना र प्रयत्न छ ।
चलचित्र ‘क्वान्टुमानिया’को कथा स्कटल्याङ उर्फ एन्ट–म्यान (पल रुड) सान फ्रान्सिस्कोमा एभेन्जर्ससँग संसार बचाएर आरामदायी जीवन बिताएपछि सुरु हुन्छ। चलचित्रमा उनी लेखक बनेका छन्, एभेन्जर्ससँग संसारलाई बचाउनका लागि लडाइँमा पुस्तक लेख्दै। मानिसहरू उनीसँग सेल्फी लिन चाहन्छन्। धेरैले उनलाई स्पाइडरम्यान भनेर गल्ती गर्छन्। उनी आफ्नी किशोरी छोरी क्यासी (क्याथरिन न्युटन)सँग समय बिताउन चाहन्छन्। त्यस्तै जेनेट (मिसेल फिफर) र डा. ह्याङ्क (माइकल डगलस), आफ्नी प्रेमिका होप (इभान्जेलिन लिली)का आमाबाबुको परिवारलाई भेट्छन्।
विगत दुई दशकदेखि निरन्तर नेपाली गीत–सङ्गीतमा लागेर बेग्लै पहिचान बनाउन सफल गायक तथा सङ्गीतकार राजकुमार सुन्दासलाई साङ्गीतिक क्षेत्रमा गायक राज सागर भनेर चिनिन्छ । रञ्जना क्यासेट कम्पनीको लगानी र बजार व्यवस्थापन रहेको ‘यो मायाको रूपै हँसिलो’ भन्ने गीति एल्बममा स्वर तथा सङ्गीत दिएर आफ्नो व्यावसायिक साङ्गीतिक यात्रा सुरु गर्नुभएका उहाँले सयभन्दा बढी गजल गाइसक्नुभएको छ । गजल लेखनबाट गायनसम्म आउँदाका समस्या नियाल्दा सर्वप्रथम त गजलकारको लेखनमा भाव पक्ष अति कमजोर हुने गरेको उहाँको तर्क छ । त्यसपछि सङ्गीतकारलाई गजल सङ्गीतको बारेमा कुनै