समयको परिवर्तनसँगै नेपाली साहित्यमा गजल विधाले आफ्नो स्वरूप र प्रभावलाई व्यापक बनाएको छ । मान्छेका चाहना र अभिव्यक्ति दिने शैलीमा आएको बदलावले गजललाई दरबारिया शृङ्गारिकताबाट उठाएर आममानिसको सुखदुःखको संवाहक बनाएको छ । विशेष गरी युवा पुस्तामा यो विधा सबैभन्दा बढी लोकप्रिय छ । छोटो र छरितो संरचनामा गहिरो भाव व्यक्त गर्न सकिने भएकाले पनि गजलकारको ठुलो जमात तयार भएको हो । हिजो प्रेम र विछोडमा मात्र केन्द्रित गजल आज राजनीति, समाज, दर्शन र समसामयिक विकृतिमाथि प्रहार गर्ने सशक्त माध्यम बनेको छ ।
कलामा नवीनताको खोजीमा सधैँ भौँतारिने कलाकार रवीन्द्र श्रेष्ठको दैनिकी नै कला हो । कलामा प्रायः नयाँ प्रयोगका कुरालाई सर्वसाधारणमाझ ल्याउन रुचाउन हुने कलाकार श्रेष्ठले यस पटक बिल्कुलै भिन्न तरिकाको क्यानभास सर्वसाधारणमाझ पस्कन खोज्नुभएको छ । जेनजी पुस्ताको बलिदानीले देशमा के कस्ता उथलपुथल भए भन्ने त जगजाहेर नै छ ।
काठमाडौँको नाट्यकर्ममा रमाउनुभएका रङ्गकर्मी केदारनाथ पौडेल तीन वर्षअघि रङ्गकर्मका केही सपना बोकेर गाउँ फर्किनुभयो । पोखराको फेवातालको दक्षिणी डाँडाको पुम्दीमा बुढाहरे भन्ने गाउँ छ । रसिलो, दक्षिण फर्केको गाउँ । त्यहीँ नाट्यकर्मका सपना बुन्दै हुनुहुन्छ केदार ।
मायाप्रेम र धोखा अहिले प्रायः चलचित्रमा देखिने कथावस्तु हुन् । चलचित्र ‘तेरे इश्क मे’ पनि पीडा, प्रेम र क्रोधलाई मिसाइएको प्रेमकथा हो । चलचित्रका दुई प्रमुख पात्र शङ्कर गुरुक्कल (धनुष) र मुक्ति (कृति सेनन्) को प्रेम सम्बन्ध कता मोडिन्छ भन्ने कौतूहलमै यो चलचित्र बगेको छ ।
सङ्गीतका उस्ताद स्वरसम्राट् नारायण गोपाल गुरुवाचार्यलाई नचिन्ने, नसम्झिने यो संसारमा कमै होलान् । बुवा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट विसं १९९६ असोज १८ गते बुधबार
राष्ट्रिय युवा सेवा कोषले २०८२ को अरनिको युवा कला पुरस्कार कलाकार सुरेम देसारलाई दिने निर्णय गरेको छ । वरिष्ठ कलाकार प्राज्ञ विजय थापाको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले सो निर्णय गरेको हो ।
पछिल्ला समय बलिउडमा चलचित्रले भन्दा वेभ सिरिजहरूले प्रभुत्व जमाएका छन् । वेभ सिरिज हेर्ने दर्शक दिनप्रतिदिन बढ्दै जानु यसको ज्वलन्त उदाहरण हो । चलचित्र ‘दी फ्यामिली म्यान ३’ ले वेभ सिरिजको लोकप्रियता अझ बढाउने अपेक्षा गरिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण सोमबारबाट चलिरहेको छ । प्रतियोगिताले क्रिकेटप्रेमीका साथै नेपाली कलाकारहरूमा पनि छुट्टै रौनक छाएको छ । केही कलाकारले मैदानमा पुगेर आफूले समर्थन गरिरहेको क्लबलाई समर्थन गरिरहेका छन् भने केहीले चलचित्रको छायाङ्कन सेटबाटै सामाजिक सञ्जालमार्फत सपोर्ट गरिरहेका छन् । दर्शकलाई खेलमा आकर्षित गर्न केही टिमले अग्रजदेखि चर्चित कलाकारलाई ब्रान्ड एम्बेसडर, फेस अफ किङ, भ्वाइस अफ टिमका उपनामले भित्र्याएका छन् ।
दुई वर्षपहिला प्रदर्शनमा आएको चलचित्र ‘जारी’ मा निर्देशक उपेन्द्र सुब्बाले ‘पालम’ र ‘च्याब्रुङ’ को धुनलाई दर्शकमाझ पस्कनुभएको थियो । जसमा लिम्बू समुदायभित्र देखिने जीवनयापनका कुरा मिश्रित थिए ।
कुनै समय हलमा दर्शक खोज्नुपर्ने अवस्थाबाट गुज्रिएको नेपाली चलचित्र क्षेत्र पछिल्लो समयमा लोकप्रियताको उकालो चढ्दै छ । अहिले दर्शकले पनि नेपाली चलचित्रलाई मन खोलेर माया गर्न थालेका छन् ।
त्रिविक्रम पाण्डेको परिचय गीतकारमा मात्रै सीमित छैन । उहाँ कुशल कवि, मुक्तककार र लघुकथाकार पनि हुनुहुन्छ । साहित्यको सबै जसो विधामा प्रायः उहाँको कलम चल्छ ।
गाउँ, सहर र विदेश जहाँ अहिलेका युवालाई गाउँको आफ्नो पुख्र्यौली घरभन्दा पनि सहर र विदेश नै रुचिकर बन्न थालेको छ । चलचित्र ‘परान’ पनि गाउँको परिवेशमा हुर्किएको तीन छोराको आफ्नो बुवासँगको सम्बन्धमा केन्द्रित भएको कथा हो ।
आज नेपाली सङ्गीतको स्वरूप फेरिएको छ । हात हातमा मोबाइल, घर घरमा इन्टरनेट र ‘युट्युब’ को विशाल संसारले श्रोता र स्रष्टाबिचको दुरी ज्यादै साँघुरो बनाइदिएको छ । प्रविधिको उपलब्धिसँगै पछिल्ला वर्षमा ‘कभर सङ’ नामक सङ्गीत संस्कृतिले फरक आयाम ल्याएको छ । यो केवल गीतको पुनर्गायन मात्र होइन, नयाँ गायक गायिकाका लागि आफैँलाई प्रमाणित गर्ने, परीक्षण गर्ने र सोझै श्रोताको मनसम्म पुग्ने शक्तिशाली पुल बनेको छ ।
नेपाली चलचित्रमा रङ्गमञ्चका कलाकारको बाहुल्य देखिन थालेको छ । त्यसमाथि रङ्गमञ्चका कलाकारलाई अभिनय गरायो भने चलचित्र अवश्य चल्छ भन्ने मान्यता धेरै निर्देशकमा पर्न थालेको छ । रङ्गमञ्चबाट चलचित्रमा प्रवेश गरेका कलाकारले दर्शकबाट पनि प्रशंसा बटुलिरहेका छन् ।
विशेष गरेर तराई क्षेत्रमा मनाउँदै आइएको छठपर्व हिजोआज पहाड र हिमाली क्षेत्रमा समेत हर्षोल्लासका साथ मनाउन थालिएको छ । अहिले यस पर्वको महत्व यति धेरै बढ्यो कि गाउँदेखि सहर, तराईदेखि पहाड र विदेशसम्म पनि विधिपूर्वक छठ मनाइन्छ । कुनैबेला काठमाडौँमा बसोबास गर्ने तराईवासी छठ मनाउनकै लागि भनेर घर जाने चलन थियो तर अहिले यो चलन कम हुँदै गएको छ । अहिले काठमाडौँकै विभिन्न नदीको किनारमा छठघाट बनाई पूजा गर्ने चलन बढ्दो छ ।