साम बहादुर! पहिलो फिल्ड मार्सल साम मानेक्शको जीवनमा आधारित चलचित्र हो। चलचित्रबारे जान्नुअघि साम को थिए त ? सामले पूर्वी पाकिस्तानलाई पाकिस्तानबाट अलग गर्न बङ्गलादेशको स्थापना र भारतलाई बलियो बनाउन इन्दिरा गान्धीसँगै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। जब इन्दिरा गान्धीले राजनीतिक धुरीमा बलियो निर्णय लिइन्, सेनाका सर्वोच्च अधिकारीका रूपमा सामले गान्धीको निर्णयलाई सफल बनाएर इतिहास रचे।
बुवा–छोराबिच द्वन्द्व र प्रेम हुनु सामान्य कुरा हो र यही विषयलाई लिएर बलिउडमा धेरै चलचित्र बनिसकेका छन् । अमिताभ बच्चन र दिलीपकुमार अभिनित चलचित्र ‘शक्ति’, अमिताभ बच्चन र प्राण अभिनित ‘सराबी’ बुवा–छोराबिचको कथा भएको चलचित्र हो । पुरानो जमानाको भए पनि यी चलचित्रलाई अहिले पनि धेरैले सम्झिने गरेका छन् । अहिले युवावर्गलाई लक्षित गरेर निर्देशक सन्दीप रेड्डी वाङ्गाले बुवा–छोराकै सम्बन्धको विषयलाई लिएर एउटा द्वन्द्वले भरिएको चलचित्र ‘एनिमल’ दर्शकसामु पस्कनुभएको छ । साथै निर्देशकले बलिउडमा केही नाम चलेका कलाकारलाई पनि चलचित्रमा अभिनय गराउनुभएको छ ।
विधु विनोद चोपडा निर्देशित चलचित्र ‘टुवेल्थ फेल’ २०२४ ले ओस्कार प्रतिस्पर्धामा प्रवेश पाएको छ । चलचित्रमा कुनै पनि मान्छेमा कडा परिश्रम गर्ने जोश, जाँगर र उत्साह छ भने जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि आफ्नो सफलताको यात्रा आफैँ तय गर्न सक्ने सन्देश दिएको छ । चलचित्रमा युवाको कडा परिश्रम, उनीहरूले कामप्रति देखाएको लगन र मेहनतलाई उजागर गर्न खोजेको छ । चलचित्रको कथा दिल्लीको मुखर्जी नगरबाट सुरु हुन्छ, जहाँ हजारौँ युवा आइपिएस (भारतीय प्रहरी सेवा) परीक्षाको तयारी गरिरहेका देखिन्छन् । मनोज र उनको सम्पूर्ण परिवारमध्ये प्रदेशको चम्बलमा बस्छन् । बुवाको जागिर सकिएपछि घरको आर्थिक अवस्था नाजुक बन्दै गएको छ । दिनमा दुई छाक खानसमेत सङ्घर्ष गर्नु परेको छ । स्कुलमा निकै मेहनती मनोज अन्य विद्यार्थी जस्तो चिट चोर्न र अरूको सार्नुलाई उचित ठान्दैनन् ।
सीता सुवेदी (क्लासिक) को एउटा खुट्टा छैन तर पनि उहाँ शास्त्रीय नृत्य ‘कत्थक’ को नृत्याङ्गना हुनुहुन्छ । १२ वर्षको उमेरमा बोन म्यारो क्यान्सरका कारण उहाँले आफ्नो खुट्टा गुमाउनु परेको थियो तर पनि हिम्मत नहारी उहाँ आफ्नो कला र सिपमा दत्तचित्त भएर लागिरहनुभयो । नृत्य गर्ने क्रममा उहाँको देब्रे खुट्टाको घुँडाभन्दा तल हल्का सुन्निएको थियो । उहाँको परिवारले उहाँलाई अस्पताल पु¥याउनुभयो र धेरै चिकित्सकसँग पनि परामर्श गर्नुभयो तर समस्या पत्ता लगाउन सकिएन । उहाँ भन्नुहुन्छ, “अन्ततः भरतपुर क्यान्सर अस्पतालले मात्र समस्या पत्ता लगायो । अस्पतालमा खुट्टाको हड्डी निकालेर परीक्षण गर्दा थाहा भयो, बोन म्यारो क्यान्सर भएको रहेछ ।” त्यसपछिको घटना झन् कहालीलाग्दो भएको सीता सुनाउनुहुन्छ ।
नेपाली चलचित्र कि त राजनीतिक कथाले बिक्छ कि हाँसो रोधनले । दर्शकलाई साढे दुई घण्टा चलचित्र हलमा रोकिराख्न ‘सस्सपेन्स’ पनि कायम राख्न सक्नु पर्छ । यस्तै विशेषता भर्न सक्दा पछिल्ला चलचित्र ‘नाङ्गो गाउँ’, ‘जारी’, ‘भस्मे डन’ र अहिले ‘दिमाग खराब’ ले दर्शकको वाहवाही पाउन सफल भएका छन् ।
चलचित्र ‘दिमाग खराब’ हेर्न दर्शकको अत्यधिक भिड लागिरहेको समयमा निर्देशक–निर्माताले चलचित्रको प्रदर्शन रोक्ने घोषणा गरे । हलहरूले राम्रो सो नदिएको भन्दै निर्माताले यस्तो घोषणा गरेपछि राम्रो चर्चा कमाएको चलचित्र हेर्न पालो कुरिरहेका दर्शकलाई केही विष्मातमा पनि पा¥यो । केही दर्शकले यस्तो घुर्काइ चलचित्र चलाउने फन्डा मात्र भएको पनि सम्झे ।
सलमान खान–कट्रिना कैफ अभिनीत ‘एक था टाइगर’ बाट सुरु भएको जासुसी कथा ‘टाइगर जिन्दा है’ पछि अब ‘टाइगर ३’ मा दोहोरिएको छ । लाखौँ दर्शकका लागि सलमान खान अभिनीत चलचित्र भनेपछि पुग्छ । त्यसको कथावस्तुभन्दा पनि खानको अभिनयले प्राथमिकता पाएको हुन्छ ।
झिलिमिली बत्तिको चाड तिहारले सबैलाई छोइसकेको छ । तिहारकै लागि भाइमसाला, दियो, पाला, झिलिमिली बत्ती, फूलमालालगायतका विविध सरसामानको किनमेल गर्न पनि भ्याइनभ्याइ छ । घरघरमा सेलरोटीलगायत अनेकौँ मिठाई बनाउन गृहिणीहरूको व्यस्तता बढेको छ । केटाकेटी युवायुवती देउसी भैलीको तयारीमा लागेका छन् ।
दसैँपछिको दोस्रो ठुलो चाड तिहार, उज्यालोको पर्व ! पशुपन्छी, प्रकृति र दाजुभाइ पूजा गरिने चाड हो– तिहार । वर्षमा एक पटक खेलिने देउसीभैलो जसको तिहारमा विशेष महत्व रहनु स्वाभाविक हो । संस्कृति धान्न वा मनोरञ्जन गर्न खेलिने देउसीभैलोको तौरतरिका समय अनुकूल बदलिँदै जान थालेको छ । सारङ्गी, मादल, डम्फु र बाँसुरीका साथै हारमोनियमका धुनमा ताल सुर मिलाएर इतिहास र पुराणका कथा सुनाउँदै देउसी खेल्ने पुरानो प्रचलन अहिले धेरै कम देख्न पाइन्छ । आजभोलि ठाउँ अनुसार सबै कुरा परिवर्तित हुँदै गइरहेका छन् । देउसीभैलो भट्याउने भाकाहरू धेरै बदलिएका छन् ।
अर्घाखाँचीको ऐतिहासिक, पौराणिक, धार्मिक तथा सांस्कृतिक भैरव नाचको प्रदर्शन काठमाडौँमा भएको छ । बुधबार अर्घाखाँची जिल्लावासीको आयोजना तथा सम्पदा संरक्षण महाअभियानको सहकार्यमा हनुमानढोका, वसन्तपुर (कालभैरवअगाडि) भैरव नाचको प्रदर्शन भएको हो ।
गत वर्ष प्रदर्शन भएको वेब सिरिज चलचित्र ‘दुरङ्गा’ लाई दर्शकले निकै रुचाए । सस्पेन्स, थ्रिलरका कारण शरीर थर थर कपाउन बाध्य बनाउने यस शृङ्खलाको दोस्रो सिजनलाई रोहन सिप्पीले निर्देशन गर्नुभएको छ । सिरिजमा अमित साध, दृष्टि धामी, गुल्सन दैवेया, अभिजित खाण्डेकर, दिव्या सेठ, हीरा मिश्रा, राजेश खट्टर, जाकिर हुसेन, बरखा सेनगुप्ता र निवेदिता सर्राफलगायतका कलाकारको अभिनय छ । चलचित्र साइकोलोजिकल क्राइम थ्रिलर कोरियन ड्रामा ‘फ्लावर अफ इभिल’ मा आधारित छ ।
जाजरकोट भूकम्पपीडितलाई राहत र घाइते उद्धारमा जुट्न कलाकारले आग्रह गरेका छन् । उनीहरूले सबै कलाकारलाई आफूहरूले सकेको सहयोग गर्न आग्रहसमेत गरेका छन् । चलचित्र निर्माता तथा निर्देशक आकाश अधिकारीले सामाजिक सञ्जालमार्फत आफूसँग भएको पाँच हजार ७० थान त्रिपाल पीडितलाई सहयोग गर्ने जनाउनुभएको छ ।
पियानिस्ट प्रज्वल लामा किबोर्ड राम्रो बजाउनुहुन्छ । किबोर्डबाट उहाँले निकालेका मिठा मिठा धुनले धेरैलाई मन्त्रमुग्ध बनाइसकेको छ । एलकेजी पढ्दादेखि नै उहाँले किबोर्ड बजाउन सुरु गर्नुभएको थियो । अहिले उहाँ किबोर्ड बजाउन पारङ्गत भइसक्नुभएको छ । उहाँलाई अहिले विभिन्न स्टेज कार्यक्रममा बोलाइन्छ । किबोर्ड बजाउन पिताबाट प्रेरित हुनुभएको उहाँ बुवासँग किबोर्ड बजाउँदा धेरै कुराको ज्ञान पाएको बताउनुहुन्छ ।
अभिनेता खगेन्द्र लामिछानेको मृत्युपछि भस्मे डन अर्थात् विपिन कार्कीको जीवनमा आएको उतारचढावको कथा हो, ‘पशुपतिप्रसाद २ : भस्मे डन’ । ‘पशुपतिप्रसाद’ सकिएपछिको सिक्वेलका रूपमा चलचित्र निरन्तर रूपमा अघि बढ्छ । सात वर्षमा भस्मे डनभित्र धेरै कुरामा परिवर्तन आएको छ । पशुपतिप्रसाद खकुरेलको मितबा अब भस्मे डनको बा बनेका छन् । क्यान्डी क्रस खेल्ने भस्मेमा प्राविधिक परिवर्तन आएको छ । अब उनी पब्जी खेल्ने भएका छन् ।
चलचित्र ‘मास्टर’ पछि निर्देशक लोकेश कनागराज र अभिनेता विजयको जोडी फेरि एक पटक चलचित्र ‘लियो’ मा देखिएको छ । चलचित्र पूर्ण एक्सनले भरिएको छ भने लोकेशले चलचित्रलाई कथानकभन्दा पनि धेरै मात्रामा एक्सनमय बनाउनुभएको छ । चलचित्रको कथा हिमाञ्चल प्रदेशको एउटा सानो सहरबाट सुरु हुन्छ, जहाँ पार्थिवन (विजय), श्रीमती सत्या (त्रिशा) र दुई छोराछोरीसँग बस्छन् । उनको एउटा क्याफे छ । आफ्नो परिवारलाई असाध्यै माया गर्ने पार्थिवनले वन विभागसँगको सहकार्यमा जनावरको ज्यान पनि बचाउने काम गर्छन् । एक दिन सहरमा हाइना देखिन्छ । पार्थिवनले आफ्नो ज्यान जोखिममा पारेर हाइनालाई समात्छन् । जसका कारण देशभरका पत्रपत्रिकामा उनका तस्बिर प्रकाशित हुन्छन् र सबैतिर उनको चर्चा चुलिँदै जान्छ । ती तस्बिर देखेर दक्षिण भारतीय ग्याङ्स्टर हेरोल्ड दास (अर्जुन सर्जा) लाई आफ्नो भतिजा लियो दासको सम्झना आउँछ । जसको रूप ठ्याक्कै पार्थिवन जस्तै मिलेको हुन्छ ।