स्याङ्जामा जन्मिनुभएका गीतकार दयाराम पाण्डेको गीतका शब्दमा कतै गहनता, कतै सरलता पाइन्छ । बाल्यकालदेखि नै गीतसङ्गीतमा रुचि राख्ने पाण्डेको गीत लेखनको यात्रा चलचित्र ‘मुस्कान’ बाट सुरु भएको हो । त्यसपछि उहाँले थुप्रै चलचित्रमा मायाप्रेम, बिछोड र आइटमका गीत लेखिसक्नुभएको छ । पाण्डेका अहिले पनि थुप्रै गीत उत्तिकै चर्चित छन् । उहाँका पुराना गीतको तुलनामा अहिलेका गीतमा गुणस्तर खस्किएको बताउनुहुन्छ । उहाँले लेखेका गीतमध्ये ७० प्रतिशतभन्दा बढी गीत कोठामाभन्दा पनि अरू व्यक्तिसँगको बसाइमा तयार हुने गरेको छ । उहाँ भन्नुहुन्छ, “मुड आएरभन्दा पनि मुड बनाएर गीत लेखेका कारण मेरो गीतमा विविधता पाइन्छ ।”
दसैँ भन्नेबित्तिकै सम्पूर्ण नियमित कामकाजबाट केही दिन बिदा लिएर धार्मिक आस्था र परम्परा अनुसार देवीको पूजा आराधनामा जुट्ने, पारिवारिक जमघट र विशेष खानपानमा रम्ने अवसरका रूपमा लिइन्छ । कामविशेषले मूलथलोबाट टाढा रहेका पनि दसैँकै बहानामा आफ्नो गाउँघर फर्किने गर्छन् । आफन्तसँग बसेर रमाउँछन् । यही परिवेशमा सधँै व्यस्त रहने कलाकार पनि दसैँको तयारीमा जुटेका छन् । कलाकारले दसैँ कसरी मनाउँदै छन् त ?
वर्षायाम सकिएर शरद ऋतु सुरु भएपछि एक खालको आनन्द सुरु हुन थाल्छ । पारिलो घामसँगैको मानिसको चहलपहलले उत्सवको सङ्केत दिन्छ । कामकाजी मानिसबाहेक घरमा बस्ने केटाकेटी र सदस्यमा दसैँको आगमनले पुलकित तुल्याउँछ । आमरूपमा अधिकांश नेपालीलाई दसैँले पुनर्ताजगीको अवसर पनि दिन्छ । हरेक चाड समयसँगै रूपान्तरित हुँदै जान्छन् । उहिले वर्षभरमा अघाउन्जेल मासु खाने र केटाकेटीले नयाँ नाना पाउने अवसर थियो दसैँ तर अब दसैँको महत्व मनोरञ्जनका रूपमा स्थापित हुँदै गइरहेको छ । म
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । १५ दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँघरमा शक्तिकी अधिष्ठातृ देवी दुर्गाको आह्वान गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आरम्भ हुन्छ । नौ दिनसम्म देवी दुर्गाको नौ स्वरूपको शोडष उपचार विधिबाट पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा पुज्ने परम्परा छ ।
सन् १९८९ मा पश्चिम बङ्गालको रानीगन्जको कोइलाखानीमा काम गर्ने क्रममा ठुलो दुर्घटना भएको थियो र त्यहाँ धेरै मान्छे खानीमा फसेका थिए । एक साधारण व्यक्तिले आफ्नो ज्यान जोखिममा राखेर त्यहाँ फसेका ६५ जनालाई बचाए । चलचित्र ‘मिसन रानीगन्ज’ को कथा यिनै कुरा वरपर घुमेको छ । चलचित्र एक साहसी र बुद्धिमान इन्जिनियर जसवंत सिंह गिलको सत्य कथाबाट प्रेरित छ । यसअघि पनि यस्ता विषयमा चलचित्र नबनेको भने होइन । कोइलाखानीको विषयमा ‘काला पत्थर’ चलचित्र बनेको थियो तर चलचित्र काल्पनिक मात्र थियो । यो चलचित्र भने सत्य घटनामा आधारित छ ।
लामो समयपछि नेपाली चलचित्र जगत्मा केही आशा गर्न सकिने परिस्थिति देखिएको छ । यस वर्षका तीन वटा ‘हिट’ चलचित्रका कारण निर्माता निर्देशकहरू आशावादी भएका हुन् । गत भदौमा प्रदर्शन भइसकेको ‘नाङ्गो गाउँ’ र ‘एक भागवत एक गीता’ ले राम्रै बाजी मारेको छ । ‘नाङ्गो गाउँ’ को मौलिक कथा उठान र रोचक प्रस्तुतीकरणका कारण चलचित्रलाई दर्शकले मन पराए । त्यस्तै झरना थापा निर्देशित चलचित्र ‘एक भागवत एक गीता’ ले पनि चलचित्र क्षेत्रलाई केही माथि उठाउन सहयोग ग¥यो ।
पछिल्लो समय नेपाली गीतलाई रिमिक्स गरेर गाउने चलनमा कमी आएको छ । एउटा जमाना यस्तो थियो जुन बेला दर्शक रिमिक्स गीतमा धेरै रमाउने गर्थे । सबैतिर रिमिक्सकै चर्चा हुन्थे । पुराना गीत सङ्गीतलाई नयाँ शैलीमा फेरि सुन्न पाउँदा दर्शकबाट पनि सकारात्मक प्रतिव्रिmया आउने गथ्र्याे । त्यसमाथि नेपालमा मात्र नभएर संसारभर नै पुराना गीतलाई नयाँ शैलीमा प्रस्तुत गर्ने रिमिक्स वा रिमेक गर्ने क्रममा अहिले कमी आएको छ । यसको एउटा कारण सुर, ताल, लय र सङ्गीतमा समेत छेडछाड गरेर रिमिक्स र रिमेक बनाइँदा कतिपय अवस्थामा गायकलाई समेत पत्तो नहुनु पनि हो ।
पछिल्लो समय नेपाली रङ्गमञ्चको गतिविधि बढिरहेको छ । राजधानीका प्रायः सबै नाटकघरका साथै राजधानीबाहिर पनि नियमित नाटक मञ्चन हुन थालेका छन् । त्यसमाथि रङ्गमञ्चमा आकर्षित हुने युवाको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । रङ्गमञ्चमा आएकामध्ये केही युवाको आसलाग्दो काम र सक्रियताले नयाँ पुस्ताले रङ्गमञ्चलाई पुरानै अवस्थामा सक्रिय बनाउने आशा गर्न थालिएको छ । केही समययता पुराना नाट्य संस्थाहरू पुनर्गठन हुँदै सक्रिय छन् । ती संस्थाको सक्रियतासँगै नयाँ पुस्ता पनि बढिरहेका छन् । केही चुनौतीसँगै रङ्गमञ्चमा राम्रो सम्भावना देखिएको छ । त्यसलाई व्यावसायिक र व्यवस्थित गरेर अगाडि बढ्न सके भविष्य राम्रो रहेको रङ्गकर्मीको भनाइ छ ।
हनी, चुचा, लाली, भोली पन्जाबन र गुरुजी । यी पाँच पात्र ‘फुक्रे ३’ का मुख्य कलाकार हुन् । यी पाँचै जनाले हलमा दर्शकलाई पेट मिची मिची हँसाउँछन् । दर्शकका लागि हाँसोको फोहोरा छुटाउन माहिर यी पात्रले अभिनय गरेका पुरानो चलचित्र ‘फुक्रे’ लाई अवश्य धेरैले सम्झन्छन् । यस चलचित्रको तेस्रो सिक्वेलसम्म आइपुग्दा पनि यसका पात्र दर्शकमाझ उत्तिकै लोकप्रिय छन् । पुरानोभन्दा नयाँ कथा र अनेकन ट्विस्टका साथ सबै पात्र यस सिरिजको तेस्रो चलचित्र ‘फुक्रे ३’ मा पनि उत्तिकै बेजोड देखिएका छन् ।
पछिल्लो समय युवापुस्तामा चित्रकलाप्रति आकर्षण बढ्दै गइरहेको छ । विभिन्न रङले पोतिएको क्यानभासको चित्रकला मन नपर्ने मानिस विरलै भेटिन्छ । अनेकन मान्छेका अनगिन्ति भावनालाई चित्रकलामार्फत उतार्न युवा जमात निकै उत्साहका साथ लागि परेको छ । चित्रकलामार्फत नै समाजको वास्तविकतालाई प्रतिविम्बित गराउन सकिन्छ भन्ने बलियो विश्वासका साथ क्यानभासमा रङ पोत्न युवा जमात तनमय भएर लागेको देखिन्छ ।
‘ह राम पण्डित’ बाट परिवर्तन गरेर ‘ह बिन्दु राम पण्डित’ नाम राखिएको नाटक बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको छ । नाटक हिन्दु पौराणिक कथाको सेरोफेरोमा आधारित छ । नाटकभित्र यमराजका चेला चित्रगुप्तको स्थानमा सेट बनाइएको छ जहाँको कथाभित्रका मुख्य पात्र हराम पण्डितको मृत्युपछि पनि सरकारी कार्यालयको अव्यवस्थाले उनलाई छाड्दैन । उनले मरेपछि पनि नाम बिग्रिएर पीडा पाउँछन् । मरेपछि पनि उनले सरकारी कार्यालयमा धेरैलाई घुस खुवाउनु पर्छ । मानिस मरेपछि उसले जीवनमा गरेका कामको आधारमा उसको मृत्युपछि स्वर्ग वा नर्कमा स्थायी रूपले जानुपर्ने कुरा हिन्दु धर्ममा रहेको विश्वास नाटकभित्र उजागर गर्न खोजिएको छ ।
सन् २०१८ मा प्रदर्शन भएको चलचित्र ‘द नन’ को सिक्वेल ‘द नन २’ को कथा त्यहीँबाट सुरु हुन्छ जहाँ चलचित्र ‘द नन’ को कथा समाप्त भएको थियो । यसमा फरक यति हो कि ‘द नन’ कोरिन हार्डीले निर्देशन गरेका थिए भने यसको सिक्वेललाई माइकल चाभ्सले निर्देशन गरेका छन् । चलचित्रलाई सफल सिक्वेलका रूपमा बनाउन त खोजिएको छ तर चलचित्र हेर्दा पहिलेको कथाभन्दा कमजोर भएको महसुस हुन्छ ।
यति बेला सहरमा चार वटा नाटक मञ्चन भइरहेका छन् । ‘ह बिन्दु राम पण्डित’, ‘दमिनी भिर’, ‘वेडिङ एल्बम’ र ‘म पनि मान्छे हुँ’ क्रमशः शिल्पी थिएटर, मण्डला थिएटर, कौसी थिएटर र कुञ्ज थिएटर (गुरुकुल) मा मञ्चन भइरहेका छन् । यी चार वटै नाटकले दर्शकलाई अलग्गै स्वादको कथा पस्कन खोजेको छ ।
चलचित्र ‘नाङ्गो गाउँ’ राजनीतिमा देखिने सही र गलत अभ्यासका कुराको सेरोफेरोमा बनाइएको कथा हो। चलचित्रको कथाले देशमा देखिएका विभिन्न राजनीतिक नेतृत्वको कामकाजलाई उठान गर्न खोजेको छ। नाङ्गो बन्न लागेको गाउँका लागि जनताले कस्तो नेता खोजिरहेका छन् र ती नेताले गाउँलाई नाङ्गो हुनबाट बचाउँछन् या आफैँ नाङ्गो भएर गाउँ छाड्न कसरी बाध्य हुन्छन् भन्ने कुरा चलचित्रको कथामा पाइन्छ। सधैँ जसो जनताको मुखमा एउटा कुरा सुनिन्छ नेताले देश बिगारे। बजारदेखि युवाको गफिने थलोसम्म नेताले देश बिगारे अब कसले बनाउने देश भन्ने चिन्ता मात्र सुनिन्छ। नेपालको विकास नहुनुमा नेताहरूको ठुलो हात छ। भ्रष्ट नेता र उनीहरूले गर्ने काम नै यसको मुख्य जड हो। यिनै कुराको सेरोफेरोमा चलचित्र ‘नाङ्गो गाउँ’ को कथा घुमेको छ।
काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रका हिन्दु धर्मावलम्बी महिलाहरूले सनातन पर्वका रूपमा मनाउँदै आएको तिज सोमबार विशेष उल्लास र उमङ्गका साथ मनाउँदै छन् । आइतबार भाद्र शुक्ल द्वितीयका दिन मध्य रातअघि नै घर घरमा आफन्त र चेलीबेटीहरू जम्मा भएर सात्त्विक भोजनलाई दरका रूपमा खाएर तृतीयाको दिन निर्जल निराहार व्रत बसी आराध्यदेव भगवान् शिवको पूजाआराधना गर्ने परम्परा रहेको छ । कसै कसैले यस दिन मध्यान्नमा उमामहेश्वरको पूजा लगाउने पनि गर्छन् ।