सांस्कृतिक पर्वका रूपमा रहेको गाईजात्रामा व्यङ्ग्यविनोदको महत्व उच्च छ । सांस्कृतिक रूपमा नै व्यङ्ग्यविनोदलाई गाईजात्राका बेला अपनाइँदै आइएको हो । नेपालको सन्दर्भमा गाईजात्रे हास्यव्यङ्ग्यलाई कलाकारले पेसाकै रूपमा अघि बढाउँदै लगेको पाइन्छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ३० को दशकमा सुरु गरेको गाईजात्रे कार्यक्रम राष्ट्रिय नाचघर, राष्ट्रिय सभागृह र प्रज्ञा–प्रतिष्ठानका भवनमा महिनौँ दिनसम्म सञ्चालन हुने गरेका थिए । गाईजात्राको दुई महिनाअघि नै बजारमा क्यासेट चक्काको बिक्री ह्वात्तै बढ्थ्यो । अहिले ती सबै इतिहासका कथा बने । हास्य कलाकार दीपाश्री निरौलाका अनुसार गाईजात्राको महत्व पञ्चायतकालमा एकदमै धेरै थियो तर अहिले ३६५ दिन नै गाईजात्रा नै गाईजात्रा छ । सामाजिक सञ्जालमा गाईजात्रे प्रवृत्तिबाहेक केही देखिँदैन ।
नेपाली रङ्गमञ्चमा पछिल्लो समय मञ्चनको उभार आएको छ । २०६२/६३ पछिको जातीय, भाषिक र सांस्कृतिक जागरणले नेपाली रङ्गमञ्चसमेत ऊर्जामय बनेको पाइन्छ । रङ्गमञ्चमा पछिल्ला समय मञ्चन भएका नाटकका विषयवस्तु नियाल्दा यिनै तथ्य भेटिन्छ । गत वर्ष मण्डला थिएटरमा तामाङ समुदायको कथावस्तुमा आधारित नाटक ‘मासिन्या’ निकै चर्चित रह्यो । सो नाटकलाई चलचित्रकर्मी बुद्धि तामाङ र सोनाम लामाले निर्देशन गर्नुभएको थियो । गत वर्ष इँगिहोपो कोइँच सुनुवारको निर्देशनमा नाटक ‘दमिनी भिर’ मञ्चन भएको थियो । यी दुई नाटकले दर्शक, राम्रो चर्चा सँगसँगै आम्दानी पनि बटुल्न सफल भएका थिए ।
सैलुन चलाउने व्यक्तिको बारेमा हो, महाराजा अर्थात् विजय सेतुपतिको कथा । जो आफ्नी छोरीसँग सहज तरिकाले जीवन बाँचिरहेको छ तर अचानक उनको जीवनमा केही यस्ता घटना आइपर्छन् जसलाई स्वयम् महाराजाले नै अनुमान लगाउन सक्दैनन् ।
रुकुमपूर्वका मगर समुदायमा घरज्वाइँ बसेर ससुराको मन जित्ने परम्परा रहेको छ । जात्रा, पर्वबाट युवती भगाएर लगेपछि माइती पक्षलाई खुसी नपारी माइती-ससुराली जाने बाटो बन्द हुन्छ । ससुराली पक्षलाई खुसी बनाउन ज्वाइँले एक महिना ससुरालीमै बसेर घरधन्दा र बाहिरी काममा सघाउने गर्छन् । यसरी ससुराली पक्ष खुसी भएपछि रीतिरिवाज अनुसार पुनः विवाह गरिन्छ । यो चलन अहिलेसमेत कायम छ । सोही चलनको मूल कथावस्तु लिएर निर्माण गरिएको चलचित्र ‘घरज्वाइँ’ काठमाडौँलगायत देशभर प्रदर्शन भइरहेको छ ।
नेपाली चलचित्रको आँखामा ‘नायक’ भन्नेबित्तिकै लामो जुल्फी कपाल, अग्लो, सलक्क परेको अनुहार र गठिला पाखुरा भएको दृश्य आउँथ्यो । सिपी लोहनी, शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, सरोज खनाल, धीरेन शाक्यदेखि रमेश उप्रेती, निखिल उप्रेती, विराज भट्टसम्मले नायकको उही सूत्र पछ्याएका पाइन्छ । यीमध्ये कोही राजनीति, कोही सरकारी नियुक्ति त कोही साइबाबा भक्त बनेर बाँकी समय बिताइरहेका पाइन्छ । केही चरित्र अभिनेताका रूपमा चित्त बुझाइरहेका छन् । केही आफैँ चलचित्र निर्माणमा लागेका छन् । केही आफ्नो परिवारलाई चलचित्र क्षेत्रमा जोड्ने कसरतमा छन् ।
भूकम्पबाट क्षतिग्रस्त सीता भवनको प्रबलीकरण कार्य समयमै सम्पन्न नहुँदा बहुमूल्य कलाकृति अलपत्र अवस्थामा रहेका छन् । नेपाल बाल सङ्गठन र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले सीता भवन आधा आधा प्रयोग गर्दै आएका छन् ।
‘कल्की २८९८ इस्वी’ ले दर्शकलाई यति धेरै अनेकन् कथामा भुलाउँछ कि दर्शकले मध्यान्तरसम्म कथा कता मोडिरहेको छ भन्ने पत्तै पाउँदैनन् । चलचित्रले प्रदर्शनपूर्व जति चर्चा बटुलेको थियो त्यो अनुरूप चलचित्र बनेको छैन । मध्यान्तरसम्म चलचित्र हेरेको हो कि कमिक्स हेरेको हो ठम्याउन गाह्रो पर्छ । पहिलो केही समय चलचित्रभित्र मुख्य पात्रको प्रवेश देखाइँदैन । चलचित्र बालबालिकाका लागि उपयुक्त छ । प्रौढ उमेरका दर्शकलाई चलचित्र मन नपर्न पनि सक्छ ।
मानिसको जीवन सधैँ एकैनास हुँदैन । मानिसलाई एकपछि अर्को परिस्थितिले सधैँ सताइरहेको हुन्छ । त्यसो हुँदाहुँदै पनि मानिस सधैँ जीवनसँग लडिरहन्छ । यिनै कुराको माझ मान्छेले आफ्नो जिद्दीपना र सङ्घर्षलाई कसरी पार गर्छ भन्ने कुरा चलचित्र ‘चन्दु च्याम्पियन’ को कथाले देखाउँछ । पहिलो पारालम्पिक स्वर्ण पदक विजेता मुरलीकान्त पाटेकरको जीवनीमा आधारित चलचित्रबाट अभिनेता कार्तिक आर्यनले आफ्नो प्रेमिल छवि छाडेर आफ्नो जीवनमा नयाँ अध्याय लेख्ने कोसिस गरेका छन् । कार्तिक बायोपिक स्पोर्ट्स ड्रामा ‘चन्दु च्याम्पियन’ मा पूर्ण रूपमा नयाँ अवतारमा प्रस्तुत भएका छन्, जहाँ उनी जोश र उत्साहले भरिएको मुरलीकान्त पाटेकरको भूमिकामा बिल्कुलै भिन्न देखिएका छन् ।
कोरोनाको समयमा बाध्यताले एउटा यात्रा गर्नै पर्ने हुन्छ । त्यही यात्रामा भेटिने पात्रसँगै बाटोमा सामना गर्नुपर्ने अनेकन गतिविधिमाथि चलचित्र ‘बाटो : रोड टु डेथ’ निर्माण गरिएको छ । प्रदर्शनअघि चलचित्रका बारेमा जे जति प्रचार गरिएको थियो, दर्शकले त्यो पाउने अवस्था छैन । ‘रोड थ्रिलर’ को संज्ञा दिइएको चलचित्रले बलिउड र हलिउडमा बन्ने गरेका ‘जोम्बिया’ को झल्को दिन्छ । चलचित्रभित्र कथाभन्दा थ्रिलरलाई धेरै नै प्राथमिकता दिइएको छ । एउटा यात्रा जो सुहाना (किरण शाही ठकुरी) बाट सुरु हुन्छ र मञ्जिल (उत्पल झा), टोनी (सुलक्षण भारती), कोमल (रक्षा थापा), हरि (अशान्त शर्मा) र माला (पशुपति राई) यात्राको क्रममा आउने अनेकन बाधा अडचनबाट सकिन्छ ।
नेपाली राजनीतिमा सुनिएको, देखिएको गुटबन्दी सर्जक, स्रष्टा र साधकबिचमा समेत चर्को रूपमा छभन्दा त्यति राम्रो सुनिन्न । तथापि लामो समयदेखि नेपाली साहित्यमा सर्जक, स्रष्टाबिच चर्को गुटबन्दी र पानी बाराबारको अवस्था छ । गुटबन्दीमा विभक्त नेपाली स्रष्टाबिच पुरस्कार तथा सम्मानको समेत लेनदेन हुने गरेको चर्चा साहित्यकार नै बताउँछन् ।
अन्ततः माइलाले गाउँ नै छाडे । भोजपुरको ग्रामीण बस्तीमा चोयाका चित्रा र अन्य सामग्री बनाएर बेच्ने माइला (दयाहाङ राई) ले विदेश र सहरभन्दा गाउँमै जीविका चलाउन खोजे । रैथाने ज्ञान, सिपमा स्वरोजगारी खोज्दै गरेका माइलाको जीवनका उचारचढाव नै चलचित्र, ‘गाउँ आएको बाटो’ हो । ‘गाउँ आएको बाटो’ ले सामाजिक चरित्रमा फेरबदल ल्यायो । गाउँलेको खानाको स्वाद र तरिकामा परिवर्तन ल्यायो । बालबालिकाको रुचि बदलिदियो । रैथाने ज्ञान र सिपलाई थिलथिलो बनाइदियो । अन्ततः रैथाने ज्ञान र सिपको व्यापार डामाडोल बनाइदियो । चलचित्रको साङ्गोपाङ्गो यही कथाका पात्र र प्रवृत्तिलाई माइलाकी श्रीमती पशुपति राई र छोरा प्रसन्न राई (बिन्द्रे) ले राम्रो ढङ्गले प्रस्तुत गरेको पाइन्छ ।
समाज जति विकसित हुँदै गएको छ, कलाको परिभाषा पनि त्यति नै व्यापक र परिमार्जित हुँदै आएको छ । कला अभिव्यक्तिको माध्यम हो । त्यस कारण पनि यसलाई मानव सभ्यताको अभिन्न अङ्ग मानिन्छ । कलामा विधा विविधता छ । परम्परागत चित्रकला, समसामयिक चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक कला यसभित्र पर्छन् । मूर्तिकला एउटा महत्वपूर्ण विधा मानिन्छ । मूर्तिमा कुनै ठोस वस्तुमा केन्द्रित भएर बहुआयामिक आकृति भर्ने काम गरिन्छ । जुन विभिन्न धातु, ढुङ्गा, माटो र काठ जस्ता चिजबाट बनाउन सकिन्छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ललितकला प्रदर्शनी शुक्रबारसम्म छ, जसमा ४८२ कलाकारका ५२२ कलाकृति प्रदर्शनीमा राखिएका छन् ।
नेपाली समाजमा छुवाछुत, विभेद व्याप्त छ । धर्म, संस्कृति र परम्पराका नाममा यस्ता मानवीय संवेदनाहीन थिति पाइन्छ । यसै विषयलाई लिएर नेपाली चलचित्र बेलाबखत निर्माण हुँदै आएको छ । पछिल्लो पटक पुजार सार्कीले यही सामाजिक विषयवस्तुलाई जोडतोडसाथ उठाएको छ । नेपालमा दलित विषयमा निर्माण भएको सम्भवतः पहिलो चलचित्र हो ‘रगत’ । ‘बाटोमुनिको फूल’ ‘पण्डित बाजेको लौरी’, ‘प्रकाश’ जस्ता चलचित्रले समेत दलितको कथा, व्यथा, पीडा र वेदनालाई दर्शकसम्म पु¥याउने जमर्को गरेका थिए ।
नाटक मञ्चनमा दर्शकको भूमिका महत्वपूर्ण हुन्छ । समुदाय र कलाकारबिच अन्तर्क्रिया नभएसम्म नाटक मञ्चनले कुनै अर्थ राख्दैन । डबली, सडक नाटकदेखि रङ्गमञ्चसम्म आइपुग्दा नेपाली नाटकले फड्को मारेको पाइन्छ । पछिल्ला केही वर्षयता नेपाली रङ्गमञ्चले मञ्चनका क्षेत्रमा द्रुत गति अघि बढाएको छ ।
कुनै समय थियो जुन बेला नेपाली चलचित्रमा लगानी गर्नु भनेको ‘बालुवामा पानी हाल्नु’ सरह हुन्थ्यो तर अहिले समय बदलिएको छ । अहिले एक दुई वटा चलचित्र छोडेर भन्ने हो भने अधिकांशले लगानी उठाउने गरेको निर्माताको भनाइ छ । नयाँ शैलीसाथ चलचित्र निर्माण हुने क्रम बढ्दो छ । अधिकांशलाई लगानी डुब्छ भन्ने थाहा हुँदाहँुदै पनि यो क्षेत्रमा लगानी गर्नेको भिड उस्तै छ । पुराना केही लगानीकर्ता हराए पनि नयाँ भित्रिने क्रम बढ्दो छ ।