‘सुनकेशरी’ कर्णाली प्रदेशको प्रचलित लोककथामा आधारित नाटक हो। एक युवतीले आफ्नो सुन्दरताका कारण भोग्नु परेका तीतामीठा सङ्घर्षको कथालाई नाटकमा बुनिएको छ। सुनकेशरी नाटककी प्रमुख चरित्र हुनुहुन्छ। कर्णालीका सांस्कारिक गतिविधिमा गाइने मागलगान गाउन सिपालु सुनकेशरी आफ्नो आकर्षक रूप तथा सुनौला केशराशिका कारण पनि अत्यन्तै प्रसिद्ध हुनुहुन्छ।
एकल पिताको कथामाथि निर्माण भएको चलचित्र ‘महापुरुष’मा समाजले कसरी मान्छेलाई महापुरुष बनाउँछ भन्ने कुरा देखाइएको छ। चलचित्रको सुरुवात आदर्शनगर समाजबाट हुन्छ; जहाँ बालकृष्ण (हरिवंश आचार्य) अवकाशप्राप्त शिक्षकको भूमिकामा देखिनुभएको छ। श्रीमतीको मृत्युपछि एक्लिनुभएका बालकृष्णका दुई छोरा छन्। जेठो छोरा विदुर (रवीन्द्रसिंह बानियाँ) आफ्नी श्रीमती र बच्चासँग छुट्टै बस्नुहुन्छ भने कान्छो छोरा विज्ञान अरुण क्षेत्री बाहिर जाने कोसिसमा आफ्ना बुवासँग बसिरहनुभएको हुन्छ।
गरिब किसान र मजदुरहरूको जीवनमा आधारित नाटक ‘एक चिहान’ सामाजिक यथार्थवादी नाटक हो। स्व. उपन्यासकार हृदयचन्द्रसिंह प्रधानद्वारा लिखित चर्चित उपन्यासको नाट्य रूपान्तरण निर्देशक परिवर्तन कार्कीले गर्नुभएको हो। वि.सं. २०११ तिरको निम्नवर्गीय जीवनको यथार्थ नाटकमा प्रस्तुत गरिएको छ।
होम्बाले फिल्म्सको अर्को प्रस्तुति हो ‘कान्तारा’ । जुन चलचित्र वास्तवमा कन्नड भाषामा बनेको भए तापनि हाल हिन्दी डबसहित अघिल्लो हप्ता प्रदर्शनमा आएको छ। लोककथामा आधारित ‘कान्तारा’ चलचित्रले अहिले विश्वकै सिनेमाघरहरूमा प्रशंसा बटुलिरहेको छ।
काठमाडौँमा घर हुने र डेरामा बस्नेको कथा हो चलचित्र ‘के घर के डेरा’ । घर हुँदा र नहुँदा के कस्ता समस्या झेल्नुपर्छ भन्ने कुरा चलचित्रमा प्रस्तुत गरिएको छ। काठमाडौँमा डेरामा बस्नेको आफ्नै समस्या छ तर घर हुनेको समस्या पनि कम छैन। चलचित्रमा यिनै कुरालाई रमाइलो शैलीमा देखाइएको छ। चलचित्रकै कथामा घर हुने र नहुने दुवैले अपनत्व महसुस गर्नेछन्।
फूलैफूलको चाड तिहारको रौनक सुरु भइसकेको छ। तिहारले सबैलाई छोइसक्यो। आममानिससँगै गायक–गायिकालाई पनि तिहारले छोपिसक्यो। तिहार सबैलाई मन पर्ने चाड पनि हो। गाउँघरदेखि सहरबजारसम्म झिलिमिली हुने भएकाले यो पर्व सबैलाई मन पर्छ। देउसीभैलोको रौनकले तिहारलाई झनै महत्त्वपूर्ण बनाइदिएको छ।
बलिउडका बहुमुखी अभिनेता हुनुहुन्छ, आयुष्मान खुराना । उहाँ अभिनीत चलचित्र ‘डक्टर जी’ अहिले धेरै चर्चामा छ । उहाँसँगै चलचित्रमा नायिका रकुलप्रीत सिंहको पनि अभिनय छ । सधैँ भिन्न किसिमको भूमिका गर्न रुचाउने अभिनेता खुरानाले यस पटक पनि दर्शकका लागि चलचित्रमा केही नयाँ कुरा पस्कन खोज्नुभएको छ । कमेडीसँगै चलचित्रले राम्रो सामाजिक सन्देशको कथा बोकेको छ ।
दुई मिल्ने साथी छिरिङ (दयाहाङ राई), हिमाल (सौगात मल्ल) जो सधैँ जनावरको सिकार गर्न रुचाउनुहुन्छ। यही दुई सिकारीको कथा हो– चलचित्र ‘दुई नम्बरी’ । दुवै जङ्गली जनावर मारेर बेच्छन् र आ–आफ्नो जीविकोपार्जन चलाइरहेका हुन्छन्। चलचित्रमा छिरिङ हिमाललाई बन्दुक चलाउन सिकाउने गुरु पनि हुनुहुन्छ। पोखराको ल्वाङ गाउँमा छायाङ्कन गरिएको चलचित्रमा एउटा प्लेन दुर्घटनालाई चलत्रिचको मुख्य विषय बनाइएको छ। त्यही दुर्घटनालाई आधार बनाएर भुटानी नागरिक उगेन छोदेन चलचित्रमा देखिनुहुन्छ। यता पहिलाबाटै हिमालको प्रेमिकाका रूपमा बाली (उपासना सिंह ठकुरी)लाई देखाइएको छ।
नेपाली चलचित्र क्षेत्रमा सबै कलाकार मांसाहारी छैनन्। सबै तास खेल्दैनन् र सबै मद्यपान पनि गर्दैनन्। तैपनि कलाकारले दशैँको भरपुर मनोरञ्जन चाहिँ उठाउँछन्। आफ्ना परिवारसँग रमाइलो गरी मीठामीठा परिकारसहित टीका–जमरामा रमाउन हाम्रा कलाकार पनि पछि परेनन्। प्रायः सबै कलाकारले आफूहरूले टीका लगाएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ।
जीवनको अन्तिम सत्य हो मृत्यु । हामी हाम्रो जन्मदिनमा के गर्ने भनेर धेरै योजना बनाउँछौँ तर हामी आफैँलाई थाहा छैन हामी यो संसारमा कति समयका लागि आएका हौँ। यस्तै विषयवस्तु लिएर निर्देशक तथा लेखक विकास बहलले चलचित्र ‘गुडबाई’ बनाउनुभएको छ।
नाटक ‘२४ मा १२’ हामी सबैले देख्दै र भोग्दै आएको समयको कथा हो। नाटकमा दुईवटा पात्रको जीवनमा आउने उतारचढावलाई प्रस्तुत गर्न खोजिएको छ। हाम्रो समाजमा रहेका जातीय विभेद, लैङ्गिक विभेदजस्ता कुराको सम्मिश्रण हो, नाटक। यी दुवै कुरालाई जरैदेखि निर्मूल पार्नुपर्छ भन्ने नाटकको मुख्य उद्देश्य हो। नाटकमा समयको मारमा परेका पात्रलाई चित्रण गर्न खोजिएको छ। समयको मारबाट ती पात्रले बाहिर निस्कन र समान अधिकारमा बाच्न के कस्ता सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा नाटकमा प्रस्ट्याउन खोजिएको छ।
‘आमा’ शब्दले जोकोहीको मनमा पनि आत्मीयता जगाउँछ। आमालाई आदर गर्नु भनेको भगवान्लाई पुजेसरह हो। समाज एउटा पाठशाला हो। समाजमा विद्यमान सासू र बुहारीबीचको मनोवैज्ञानिक अन्तरद्वन्द्व, भ्रम र यथार्थको सम्मिश्रण हो छोटो चलचित्र, ‘आमा’ । आमा सासू र बुहारीबीचको द्वन्द्व हो। सानो परिवार जो खुसियाली जीवन बाँचिरहेछ तर अचानक त्यो परिवारभित्र कलह तब आउँछ जब बुहारीले आफ्नो सासूलाई अनेकन लाञ्छना लगाउन थाल्छिन्। चलचित्र ‘आमा’को कथा पनि यही वरिपरि घुमेको छ।
नेपालीको महान् चाड दशैँको चहलपहल सुरु भइसकेको छ। दशैँमा किनमेल गर्नेदेखि घर जानेहरूसम्मको तयारी बढ्दो छ। कोही नयाँ नोट साट्ने हतारोमा देखिन्छन् भने कोही घर जानका लागि टिकटको व्यवस्था मिलाउन लागिपरेका छन्। रङ्गमञ्चका कलाकारहरूको पनि कोही दशैँमा घर जाने योजनामा हुनुहुन्छ त कोही दशैँ यहीँ मनाउने सोचमा।
गाउँघरमा हुने राजनीतिको कथा हो नाटक ‘तन्त्र’ । शान्तिराम गाउँमा गाउँलेहरू बाटो खन्न व्यस्त छन् तर बाटोको काम कहिले सकिने हो, कसैलाई थाहा छैन। यसमा पनि राजनीति मिसिएको छ। मनबहादुर (रोमर्श राय ठकुरी) र धनबहादुर (लक्ष्मण केसी) मिल्ने साथी हुन्। दुवै एकअर्काका लागि ज्यानसमेत दिन तयार छन् तर उनीहरूले गर्ने राजनीतिको बाटो भने अलग छ। त्यही राजनीतिले गर्दा पछि दुवैबीच बोलचाल नै बन्द हुनेसम्मको अवस्था आउँछ। यी दुवैबीचको मित्रताको उतारचढावको कथा हो नाटक ‘तन्त्र’ ।
चलचित्र ‘सीता रामम’मा राम–सीताको सुन्दर प्रेमकथा देखाइएको छ। चलचित्रको कथा एकदमै फरक छ, जुन अवश्य नै धेरै दर्शकले रुचाउनेछन्। साउथ कलाकार दुल्कर सलमान, रश्मिका मन्डन्ना र मृणाल ठाकुर अभिनीतलाई हनु राघवपुडीले निर्देशन गरेका हुन् । चलचित्रले नपत्याउने कथा बोलेको छ। कसैले पनि यस्तो कथा पनि चलचित्र हुन्छ भनेर अनुमान लगाउन सक्दैन।