• १६ भदौ २०८१, आइतबार

घट्दो छ रिमिक्स प्रवृत्ति

blog

काठमाडौँ, असोज २४ गते । पछिल्लो समय नेपाली गीतलाई रिमिक्स गरेर गाउने चलनमा कमी आएको छ । एउटा जमाना यस्तो थियो जुन बेला दर्शक रिमिक्स गीतमा धेरै रमाउने गर्थे । सबैतिर रिमिक्सकै चर्चा हुन्थे । पुराना गीत सङ्गीतलाई नयाँ शैलीमा फेरि सुन्न पाउँदा दर्शकबाट पनि सकारात्मक प्रतिव्रिmया आउने गथ्र्याे । त्यसमाथि नेपालमा मात्र नभएर संसारभर नै पुराना गीतलाई नयाँ शैलीमा प्रस्तुत गर्ने रिमिक्स वा रिमेक गर्ने क्रममा अहिले कमी आएको छ । यसको एउटा कारण सुर, ताल, लय र सङ्गीतमा समेत छेडछाड गरेर रिमिक्स र रिमेक बनाइँदा कतिपय अवस्थामा गायकलाई समेत पत्तो नहुनु पनि हो । 

पुरानो गीतलाई अहिलेको परिवेशमा ढाल्दा दर्शकले मन पराउनुहुन्छ हुँदैन त्यसमा विशेष ध्यान दिनुपर्ने  बले इन्टरटेनमेन्ट्सका संस्थापक सागर लम्साल बताउनुहन्छ । उहाँ भन्नुहुन्छ, “गीतको मर्ममा प्रहार नगरी त्यसको मौलिकतालाई बचाउँदै नयाँ शैलीमा ल्याउनु जोखिम मोल्नु हो ।” 

“गीतमा मौलिकता म¥यो भने दर्शकले मन पराउनुहुन्न र पुरानै भयो भने पनि त्यो खासै मिठो सुनिँदैन । मौलिकपन बचाएर पुरानो स्वादसँगै नयाँपन र नयाँ शैलीसहित रिमिक्स गीत बनाउनु पर्छ ।” अनि मात्र गीत दर्शकले रुचाउने नरुचाउने थाहा हुन्छ । यस्ता कुराले गर्दा पनि रिमिक्स गीतमा कमी आएको उहाँको भनाइ छ । 

गायक आनन्द कार्कीका  अनुसार अहिले गीतलाई रिमिक्स बनाउन धेरै जोखिम छ । खर्चिलो पनि उत्तिकै । पुरानो गीतको मर्म नमारी त्यसमा नयाँपन दिनु भनेको चानचुने कुरा पनि होइन् । नेपाली गीत सङ्गीतमा पुराना गीतलाई नयाँ सङ्गीत भरेर बनाउने परिपाटी कुनै नौलो होइन । पुराना थुप्रै गीतमा अङ्ग्रेजी शब्द घुसाएर आफ्नै शैलीमा गाएका गीत सुन्दा राम्रो लागे पनि त्यस्ता गीतले स्रष्टालाई सम्मान नगरेको हो कि भन्ने भान हुन्छ । पुराना गीतलाई नबिगारी जस्तो शब्द र सङ्गीत छ त्यसैलाई निरन्तरता दिएमा गीतको भाव मर्दैन । कार्की भन्नुहुन्छ, “नयाँ गीत गाए पनि पुराना गायक र सङ्गीतकार दुवैको नाम सम्झिदियो भने त्यसले झन् संस्कारीपन झल्काउँछ ।”

त्यसै गरी केही गीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ ‘आगे आगे तोपैको गोला पछि पछि मेसिन गन बरर’, ‘चिया बारीमा’, ‘आमैले भन्थिन् धाराको पानी’ लगायत थुप्रै गीत रिमिक्स भएका छन् । कतिपय गीतमा शब्द र मौलिकता मरेको छैन भने कतिपयमा गीतको भाव र मौलिकता सबै भुलेर नयाँ स्वरूपमा आएको छ । डिल्लीबजार निवासी २१ वर्षीय मेघना तुलाधर रिमिक्स गीतले नेपाली गीत सङ्गीतमा छाडापन आएको महसुस हुने बताउनुहुन्छ । रिमिक्स गीत बनाउने चलन त बन्दै भएको राम्रो, उहाँको आक्रोश थियो ।  उहाँ भन्नुहुन्छ,  “अहिलेका गीतभन्दा त पहिलेकै पुराना गीत सुन्न लायक छन् ।’’ पुराना गीतजस्तै नयाँ बन्ने नेपाली गीतमा पनि नेपाली मौलिकपन झल्किनुपर्ने थापाको भनाइ थियो ।