दुई वर्षपहिला प्रदर्शनमा आएको चलचित्र ‘जारी’ मा निर्देशक उपेन्द्र सुब्बाले ‘पालम’ र ‘च्याब्रुङ’ को धुनलाई दर्शकमाझ पस्कनुभएको थियो । जसमा लिम्बू समुदायभित्र देखिने जीवनयापनका कुरा मिश्रित थिए ।
कुनै समय हलमा दर्शक खोज्नुपर्ने अवस्थाबाट गुज्रिएको नेपाली चलचित्र क्षेत्र पछिल्लो समयमा लोकप्रियताको उकालो चढ्दै छ । अहिले दर्शकले पनि नेपाली चलचित्रलाई मन खोलेर माया गर्न थालेका छन् ।
त्रिविक्रम पाण्डेको परिचय गीतकारमा मात्रै सीमित छैन । उहाँ कुशल कवि, मुक्तककार र लघुकथाकार पनि हुनुहुन्छ । साहित्यको सबै जसो विधामा प्रायः उहाँको कलम चल्छ ।
गाउँ, सहर र विदेश जहाँ अहिलेका युवालाई गाउँको आफ्नो पुख्र्यौली घरभन्दा पनि सहर र विदेश नै रुचिकर बन्न थालेको छ । चलचित्र ‘परान’ पनि गाउँको परिवेशमा हुर्किएको तीन छोराको आफ्नो बुवासँगको सम्बन्धमा केन्द्रित भएको कथा हो ।
आज नेपाली सङ्गीतको स्वरूप फेरिएको छ । हात हातमा मोबाइल, घर घरमा इन्टरनेट र ‘युट्युब’ को विशाल संसारले श्रोता र स्रष्टाबिचको दुरी ज्यादै साँघुरो बनाइदिएको छ । प्रविधिको उपलब्धिसँगै पछिल्ला वर्षमा ‘कभर सङ’ नामक सङ्गीत संस्कृतिले फरक आयाम ल्याएको छ । यो केवल गीतको पुनर्गायन मात्र होइन, नयाँ गायक गायिकाका लागि आफैँलाई प्रमाणित गर्ने, परीक्षण गर्ने र सोझै श्रोताको मनसम्म पुग्ने शक्तिशाली पुल बनेको छ ।
नेपाली चलचित्रमा रङ्गमञ्चका कलाकारको बाहुल्य देखिन थालेको छ । त्यसमाथि रङ्गमञ्चका कलाकारलाई अभिनय गरायो भने चलचित्र अवश्य चल्छ भन्ने मान्यता धेरै निर्देशकमा पर्न थालेको छ । रङ्गमञ्चबाट चलचित्रमा प्रवेश गरेका कलाकारले दर्शकबाट पनि प्रशंसा बटुलिरहेका छन् ।
विशेष गरेर तराई क्षेत्रमा मनाउँदै आइएको छठपर्व हिजोआज पहाड र हिमाली क्षेत्रमा समेत हर्षोल्लासका साथ मनाउन थालिएको छ । अहिले यस पर्वको महत्व यति धेरै बढ्यो कि गाउँदेखि सहर, तराईदेखि पहाड र विदेशसम्म पनि विधिपूर्वक छठ मनाइन्छ । कुनैबेला काठमाडौँमा बसोबास गर्ने तराईवासी छठ मनाउनकै लागि भनेर घर जाने चलन थियो तर अहिले यो चलन कम हुँदै गएको छ । अहिले काठमाडौँकै विभिन्न नदीको किनारमा छठघाट बनाई पूजा गर्ने चलन बढ्दो छ ।
जेनजी आन्दोलनअघि काठमाडौँ उपत्यकाभित्र दैनिक तीनदेखि चार वटा साहित्यिक कार्यक्रम हुन्थे । यी कार्यक्रममा साहित्यकारदेखि साहित्य अनुरागीहरू व्यस्त देखिन्थे तर अहिले साहित्यिक गतिविधि सुस्त देखिएका छन् । साहित्यिक गतिविधिलाई पहिलेकै लयमा ल्याउने उपायको खोजी भने नभएको होइन । जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन भयो । देशले एउटा गति लिन थाल्यो । साहित्यिक क्षेत्रमा पनि यसको प्रभाव निश्चय नै परेको छ ।
कोभिडको समय प्रदर्शनमा आएको चलचित्र ‘कान्तारा’ ले आफनो दैवीय रहस्य र लोकथाका ग्रन्थको कथाले दर्शकको मन जित्न सफल भएको थियो । ऋषभ सेट्टीको लेखन, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘कान्तारा अध्याय १’ ले पनि दर्शकको वाहवाही कमाइरहेको छ । अझ कान्तारा अध्याय १ ले दर्शकले सोचेको भन्दा धेरै भिन्न कुरा पस्केको छ ।
रङ्गमञ्च एकान्तलाई सार्वजनिक गर्ने कला हो । यो मनोरञ्जनको मात्रै विधा नभएर समाजमा जागरण फैलाउने र समाजभित्र लुकेका सामाजिक आर्थिक र हरेक बेथितिलाई उजागर गर्ने एउटा सशक्त माध्यम पनि हो ।
जेनजी आन्दोलनमा एउटा जुत्ता आन्दोलनको प्रतीक बनेको थियो । चलचित्र ‘हरिबहादुरको जुत्ता’ मा पनि हरिबहादुर (हरिवंश आचार्य) ले चलचित्र अवधिभर बोकिरहने जुत्ता कथाको प्रतीक बनेको छ ।
सुभाष कपुर निर्देशित चलचित्र ‘जोली एलएलबी ३’ को कथा अघिल्ला दुई शृङ्खलाका जस्तै कानुनी कुराकै मिश्रण हो । यस पटक निर्देशक कपुरले दुवै जोलीलाई चलचित्रमा एकै ठाउँमा उभ्याएका छन् ।
नेपाली चलचित्र निर्माताहरू प्रदर्शनको उपयुक्त मौकाको पर्खाइमा हुन्छन् । उनीहरूको प्रतीक्षाको समय हुन्छ– दसैँ । दसैँ–तिहार–छठको रौनकले मुलुक नै उल्लासमय बनेको क्षणमा चलचित्र प्रदर्शन गर्न हो
पुस्तक पढ्नु भनेको केवल अक्षरलाई आँखाले पछ्याउनु मात्र होइन, यो त मस्तिष्कको एउटा सूक्ष्म र सार्थक यात्रा पनि हो । यो यात्राले समाज, संस्कृति, इतिहास र मानव मनोविज्ञानका बारेमा नयाँ तरिकाले बुझ्न मद्दत गर्छ । अहिलेको डिजिटल युगमा हाम्रो ध्यान सामाजिक सञ्जालका छोटा भिडियो र क्षणिक पोस्टहरूमा अल्झिएको छ तर एउटा पुस्तकले दिने
चलचित्र ‘इन्स्पेक्टर जेन्डे’ कार्ल भोजराज (जिम सर्भ) ले गर्ने अपराध र उनले मानिसलाई आफूमाथि सजिलै कसरी विश्वास गराउन सक्छन् भन्ने पृष्ठभूमिबाट सुरु हुन्छ ।