• २० मङ्सिर २०८२, शनिबार

सम्झनामा नारायण गोपाल

blog

काठमाडौँ, मङ्सिर २० गते । सङ्गीतका उस्ताद स्वरसम्राट् नारायण गोपाल गुरुवाचार्यलाई नचिन्ने, नसम्झिने यो संसारमा कमै होलान् । बुवा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट विसं १९९६ असोज १८ गते बुधबार सिराहाको भगवानपुरमा जन्मनुभएका उहाँ २०४७ मङ्सिर १९ गते यो संसारबाट बिदा हुनुभएको थियो । नेपालको सङ्गीत फाँटमा बेग्लै परिचय बनाउनुभएका नारायण गोपालको शुव्रmबार ३५ औँ स्मृति दिवस मनाइएको छ । मानविकी शास्त्रमा स्नातकोत्तर गर्नुभएका उहाँ विसं २०२७ फागुनमा पेमाला लामा गुरुवाचार्यका साथ वैवाहिक जीवनमा बाँधिनुभएको थियो । उहाँले विसं २०१६ सालमा राममान कृसितको रचना तथा प्रेम मानिकको सङ्गीतमा ‘पन्छीको याद लिई धर्तीमा उड्यो’ बोलको पहिलो गीत गाउनुभएको थियो । आज पनि उहाँले गाउनुभएका गीत लाखौँ युवावर्गको रोजाइँमा पर्न सफल भएका छन् । नारायण गोपालले नेपाली सुगम सङ्गीतको क्षेत्रमा कहिल्यै भुल्न नसकिने गुन लगाउनुभएको छ । करिब एक सयभन्दा बढी गीतमा आवाज दिनुभएको उहाँका सबै गीत कालजयी मानिन्छन् । 

चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमिका अनुसार नारायण गोपाल गायकसँगै एउटा आधुनिक सङ्गीतलाई माया गर्ने आयोजक पनि हुनुहुन्थ्यो । उहाँ कार्यव्रmम गर्न दार्जिलिङका कलाकारलाई नेपाल बोलाउने, नेपालका कलाकारलाई दार्जिलिङ लिएर जाने त्यो खालको संयोजन पनि गर्नु हुन्थ्यो । उहाँले साङ्गीतिक क्षेत्रका लागि भनेर सङ्गीतसम्बन्धी ‘बागिना’ पत्रिका पनि प्रकाशन गर्नुभयो, उहाँले भन्नुभयो, “जसलाई नेपालको साहित्यिक पत्रपत्रिकाको इतिहासमा एउटा महìवपूर्ण पत्रिका मानिन्छ । उहाँको अर्को बलियो पक्ष भनेको चलचित्र गायन पनि हो । उहाँ एउटा उत्कृष्ट पाश्र्वगायक पनि हुनुहुन्थ्यो,” उहाँले भन्नुभयो । उहाँको लेखन पनि बेजोड थियो । उहाँले निबन्ध, कविता र दुईदेखि तीन वटा यात्रा संस्मरण लेख्नुभएको छ । नारायण गोपालले गीत चाहिँ लेख्नुभएन । गायकका अतिरिक्त इतिहासका जानकार, फुटबल खेलका पारखी, चेस खेलाडी, कुशल भान्से, फोटोग्राफरका रूपमा पनि चिनिनुहने उहाँले बताउनुभयो । 

नारायण गोपालबारे मानिसले जे जे लेखून्, भनून् र जस्तो खालको चर्चा गरे पनि त्यो पूर्ण सत्य नहुने कवि तथा लेखक विप्लव प्रतीकले बताउनुभयो । उहाँको अनुसार ‘यहाँ उहाँसँग सत्सङमा नरहेकाले उहाँबारे लेख्दा तोडमरोड गरेर गफ हाँक्नेहरू प्रशस्त छन् । उहाँको सत्सङ गरेकाले लेख्दा पनि अधिकांशले उहाँभित्र भएको मानवता, गाम्भीर्य र सोचलाई राम्रोसँग ठम्याउन सकेको पाइँदैन ।” साथीहरूले साथीलाई व्रिmटिकल्ली नहेर्ने कारणले त्यस्तो भएको उहाँले बताउनुभयो । उहाँका अनुसार नारायण गोपाल गायक, मनोरञ्जनकर्ता मात्र नभएर, उहाँ कवि झैँ सामाजिक दायित्व बोकेको मार्गदर्शक हो, जसले नारा नगाइकन गीतमार्फत उसको जीवनदर्शन कहन्छ । उहाँले थप्नुभयो, “नारायण गोपालका गीतहरू (चलचित्र गीतबाहेक) सुन्ने हो भने जीवन, प्रेम र सम्बन्ध मिश्रित छन् । उहाँले भन्नुभयो, “उहाँको चिन्तन जे थियो, त्यही सुनाएर जानुभयो ।”

नारायण गोपालका कालजयी गीत आज पनि हाम्रो मनमस्तिष्कमा गुन्जन्छन् । ‘मलाई नसोध, कहाँ दुख्छ घाउ,’ ‘एउटा मान्छेको मायाले कति’, ‘आँखा छोपी नरोऊ भनी’, ‘पर्खी बसेँ आउला भनी’, ‘यो सम्झिने मन छ’, ‘म त लालीगुराँस भएछु’, ‘यति चोखो यति मिठो’, ‘मोहनी लाग्ला है’ लगायतका दर्जनौँ गीत आज पनि हामीमाझ गुन्जिरहन्छन् । उहाँले माधव घिमिरे, लक्ष्मीप्रसाद देवकोटा, चाँदनी शाह, क्षेत्रप्रताप अधिकारी, रत्नशमशेर थापालगायतको शब्दमा पनि गीत गाउनुभयो । ‘वियोग’, ‘देशभक्ति’ र ‘आशा’उहाँका गीतका प्रमुख विशेषता हुन् ।