काठमाडौं, माघ ६ गते। केही महिना अघि नेपाली चलचित्र तुलनात्मक रुपमा सफल भएका थिए। तर अहिले फेरि नेपाली चलचित्रको अवस्था पुरानै ढर्रामा फर्किने क्रममा छ। केही चलचित्रलाई आफ्नो लगानी जोगाई राख्न खासै गाह्रो भएन भने केहीलाई लगानी उठाउन हम्मेहम्मे नै पर्यो। रामबाबु गुरुङ निर्देशित ‘कबड्डी’ सिरिज अर्थात् ‘कबड्डी-४’, ‘द फाइनल म्याच’ दर्शकको मनमा केही हदसम्म बस्न सफल भयो। यसपछि बक्सअफिसमा केही चलचित्रले राम्रो व्यापार गर्न थाले। सन्तोष सेनको ‘प्रेम गीत-३’, दीपेन्द्र लामाको ‘दुई नम्बरी’, दीपेन्द्र के खनालको ‘के घर के डेरा’, ‘चिसो मान्छे’, ज्ञानेन्द्र देउजाको ‘झिंगे दाउ’, सुजित बिडारीको ‘ऐना झ्यालको पुतली’ ले भने आफ्नो लगानी सुरक्षित गरेका छन्। त्यस्तै प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महापुरुष’ ले पनि बक्स अफिसमा धेरै नै राम्रो ग्रस कलेक्सन गरेको छ। यी केही चलचित्रले गर्दा केही महिना नेपाली चलचित्र धान्न सकिने अवस्थामा थिए। चल्ने चलचित्रका चलचित्र नायक-नायिका नै निर्माताको पहिलो रोजाइमा पर्छन्। चलचित्रमा उनीहरुलाई राखे चलचित्र हिट हुने विश्वास धेरै निर्माता, निर्देशकमा हुन्छ। कतिपय कलाकारको अभिनय राम्रो भए पनि चलचित्रको कथा उत्कृष्ट नहुँदा ठूला लगानीका चलचित्रहरु खासै चल्न सकेनन्। आर्यन सिक्देलको कमब्याक चलचित्र ‘डिसेम्बर फल्स’ माथि धेरैको आशा थियो। तर चलचित्रले खासै दर्शक तान्न सकेन। धेरैले कलाकार आर्यनको अभिनयले गर्दा चलचित्र चल्ने अपेक्षा गरेका थिए। हरर जानरामा बनेको चलचित्र ‘चि मुसी चि’ प्रर्दशन त भयो तर चलचित्र हेर्ने दर्शकका उपस्थिति सिनेमाघरमा हेर्दा विजोग नै देखिन्थ्यो। नाम चलेका कलाकार प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल मुख्य भूमिकामा रहेको चलचित्रले दर्शकको मन जित्न सकेन। कतिपय सिनेमाहलमा त चलचित्रलाई दुई दिन मात्र प्रदर्शन गरिएको थियो। भद्दा किसिमको कथा रहेको यस चलचित्रका कलाकारले आफनो चलचित्र चलाउन अनेकन फण्डा अपनाए। तर उनीहरुको फण्डालाई दर्शकले विश्वास गरेनन्। चलचित्र ‘दोख’, ‘पानी फोटो’, राधा’, ‘प्रकाश’, लगायतका चलचित्र भने औसत रुपमा चले र समीक्षकबाट राम्रो प्रशंसा बटुल्न सफल भए। त्यस्तै चलचित्र ‘मिलन’, ‘हिजो आजका कुरा’, ‘लक्का जवान’, ‘पासो’ ‘डेसान’, ‘सोल अफ द कमाण्डो’, ‘मिलन’, लगाएतका चलचित्र भने कहिले आए कहिले गए दर्शकले पत्तै पाएनन्। पुस २९ गते प्रदर्शनमा आएका चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ को पनि अहिले हालत छ। यी दुबै चलचित्र प्रचार गरे अनुसारको दर्शक पाउन सकेनन्। दुबै चलचित्रको कथा फरक भएपनि दर्शकले भने यसमा खासै रुची देखाएनन्। माघ २० गते प्रदर्शन हुने जितु नेपाल र साम्राज्ञी शाहको ‘ह्यारी कि प्यारी’, फागुन ५ गते प्रदर्शन हुने रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’, हेमराज बिसी निर्देशित तथा दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा-४’ या निगम श्रेष्ठ निर्देशित ‘छड्के-२’ ले हल संचालकलाई राहतको श्वास फेर्ने मौका देला ? त्यसका लागि भने कुर्नुपर्ने हुन्छ।
पशुप्रेमीहरूको जीवनमा जनावरको महत्त्व कति हुन्छ भन्ने कुरा चलचित्र ‘लकडबग्घा’ देखिन्छ। एक्सन, थ्रिलर र इमोसनले भरिपूर्ण चलचित्रमा ‘लभ सेक्स और धोखा’मा अभिनय डेब्यु गर्न लागेका कलाकार अंशुमान झा ‘लकडबग्घा’मा पनि देखिएका छन्। मुख्य भूमिकामा रहेका उनले चलचित्रमा अभिनय गर्नका लागि मार्सल आर्टको तालिम लिएका थिए र त्यो कुरा उनले चलचित्रमा देखाएका छन्।
नाटक ‘गच्छामी’ लेखक पुण्यप्रसाद गौतमद्वारा लिखित पुस्तक गौतम बुद्धमा आधारित नाटक हो। लुम्बिनीमा जन्मेका राजकुमार सिद्धार्थ गौतम कपिलवस्तुको दरबार र राजकाज छोडेर गएको र बोधगयामा बुद्धत्व प्राप्त गरेपश्चात् कपिलवस्तु, लुम्बिनी फर्किएसम्मको कथा नाटक ‘गच्छामी’मा प्रस्तुत गरिएको छ। शाक्यमुनि बुद्धका बारेमा बताउने नाटकमा दुई दाजुबहिनीलाई सूत्राधार बनाइएको छ जो कलेजका विद्यार्थी हुन्छन्। कलेजले दुवैलाई गौतम बुद्ध को हुन् भन्ने पत्ता लगाउन सोधपत्रको काम दिएको हुन्छ। दुवैले यस विषयमा रिसर्च गर्न थाल्छन्। रिसर्च गर्दा भेटिएका सत्य र तथ्य नै नाटकको मुख्य कथा हो।
एउटा समय यस्तो थियो जहाँ नेपाली चलचित्रमा दर्शक पाउनै गाह्रो हुन्थ्यो तर अहिले त्यो समय फेरिएको छ। नेपाली चलचित्रमा दर्शकको रुचि दिन प्रतिदिन बढ्दै गएको छ, जुन कुरा चलचित्र ‘डिसेम्बर फल्स’ले प्रस्ट्याउँछ। दुई प्रेमीबीचको प्रेम, रोमान्स र धोकाको मिश्रण हो चलचित्र ‘डिसेम्बर फल्स’ । सम्राट् (आर्यन सिग्देल) र सदीक्षा (उपासना सिंह ठकुरी)को मायाप्रेमको कथा हो, चलचित्र। सदीक्षा एउटा नर्स हुनुहुन्छ र उहाँलाई पाउन सम्राट् जस्तोसुकै परिस्थितिबाट पनि गुज्रन तयार हुनुहुन्छ। सदीक्षा असल, सबैको भलो चिताउने नर्स हुँदाहुँदै पनि उहाँबाट हुन गएको एउटा सानो गल्तीले उहाँलाई जिन्दगीभर दुःख दिइरहन्छ। त्यही गल्तीले गर्दा उहाँमाथि धेरै उतारचढावको परिस्थिति आइलाग्छ।
काठमाडौँका तारे होटलदेखि सपिङ मलसम्मलाई क्रिसमसको रमझमले छोएको छ। झिलिमिली बत्तीमा सजिएका क्रिसमस ट्री र सान्टा क्लजको राता लुगाको पहिरनमा अधिकांशले ‘मेरी क्रिसमस’ भन्दै शुभकामना साटासाट गरिरहेका छन्। कमलपोखरीको सिटी सेन्टर पुग्नुभएका राज शर्मा बाहिर बत्ती नै बत्तीले सजिएको क्रिसमस ट्री देखेर आफ्नो घरमा पनि त्यस्तै ट्री बनाउने चाहना राख्नुहुन्छ। शर्माले भन्नुभयो, चाड अरूकै भए पनि यसरी सजाएर राखेको देखेर घरमा पनि यस्तै ट्री बनाउने चाहना गरेको छु।
निर्देशक जेम्स क्यामरुनले आफ्ना चलचित्रहमा अद्भुत शैलीको वर्णन गर्दै अनौठो कथाको सिर्जना गर्नुभएको कुरालाई हत्तपत्त कसैले पनि चलचित्र यस्तै बन्छ भनेर अनुमान गर्न सक्दैन। चलचित्र ‘अवतार–द वे अफ वाटर’ एउटा यस्तो चलचित्र हो, जसले तपाईंको आँखा एक पटक अवश्य नै रसाउँछ। निर्देशक क्यामरुनले १३ वर्षअघि आफ्नै चलचित्र ‘अवतार’मार्फत पन्डोराको अनुपम संसारलाई फेरि चलचित्रको अर्को सिक्वेललाई फरक ढङ्गले देखाउने प्रयत्न गर्नुभएको छ तर यस पटकको चलचित्रभित्र पानीमुनि युद्ध लडेको दृश्य देखाइएको छ, जुन एकदमै फरक ढङ्गको छ।
‘सेनाको चेली’ले मान्छेले नजानेर, थाहै नपाई विभिन्न गल्ती गरेको कुरालाई सुझाउँछ । मान्छे जीवनभर पश्चात्तापमा बाँच्नुपर्ने हुन्छ । वार्ता वा संवादले यस्तै समस्याको वास्तविकता उजागर गर्छ र हामीले आफ्नो सम्बन्ध र समयलाई बचाइराख्न सक्छौँ कि भन्ने कुरालाई लघु चलचित्र ‘सेनाको चेली’मार्फत प्रस्ट्याउन खोजिएको छ ।
गङ्गाजल, राजनीति, आश्रमजस्ता चलचित्र निर्देशन गरिसक्नुभएका प्रकाश झा चलचित्र क्षेत्रको उत्कृष्ट निर्देशकका सूचीमा मात्रै पर्नुहुन्न, उहाँले अभिनेताका रूपमा पनि काम गर्नुभएको छभन्दा दर्शक अवश्य नै चकित पर्छन् । एम गनी निर्देशित चलचित्र ‘मट्टो कि साइकिल’मा प्रकाश झाले आफूलाई आगोमा तातेको फलामजस्तै बलियो अभिनेताका रूपमा चम्काउनुभएको छ ।चलचित्रको कथा मट्टोको हो तर नायकका रूपमा चलचित्रमा माट्टोको साइकिललाई प्रस्तुत गरेको देखिन्छ । मथुरा सहर नजिकै बस्ने मट्टो जीवनको नायक उनको साइकल हो ।
काठमाडौँमा दोस्रो संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ भर्खरै सकिएको छ । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक प्रदर्शन गरिएको थियो । महोत्सवका अवसरमा नाटक मञ्चन मात्रै होइन, नाटकबारे बहस, अन्तक्र्रिया र छलफल पनि भए । नाटकको वर्तमान अवस्था र चुनौतीका विषयमा छलफल पनि भयो ।
‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नाराका साथ नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७९ (निटफेस्ट–२०२२) मा मञ्चन भएको नाटक हो, ‘द ब्ल्याकबोर्ड ल्यान्ड’ । कार्ज हिमलस्टपले लेख्नुभएको र राजेश सिंह निर्देशित ९० मिनेट लामो भारतको नाटक ‘द ब्ल्याकबोर्ड ल्यान्ड’ युद्धको समयमा कुनै एकान्त ठाउँमा भेटिएका तीन व्यक्तिको वरिपरि घुम्छ । उनीहरूबीचको मतभेद र भिन्नताले द्वन्द्व निम्त्याउँछ । फलस्वरूप उनीहरू शारीरिक हिंसामा उत्रन्छन् । बोर्डमा बस्ने नायकहरू जसलाई यो पनि थाहा हुँदैन कि उनीहरू यही राज्यको मान्छे हो होइनन्; नाटक यही विषयमा आधारित छ ।
वर्षौंदेखि अभिनेता आयुष्मान खुरानाका बर्जित विषयहरूमा बनेका चलचित्रहरू बक्स अफिसमा सफल भएका छन् तर यसै वर्ष प्रदर्शनमा आएका चलचित्र ‘अनेक’ र ‘डक्टरजी’ले बक्स अफिसमा खासै व्यापार गर्न सकेनन् । अहिले उनी अभिनीत चलचित्र ‘एन एक्सन हिरो’ प्रदर्शनमा आएको छ । मानव (आयुष्मान खुराना) हरियाणाको एउटा गाउँमा आफ्नो चलचित्रको सुटिङमा व्यस्त हुनुहुन्छ । युवाहरूको ढुकढुकी बनेका मानव आफू युथ आइडल भएकाले ग्याङस्टरको बायोपिक गर्न अस्वीकार गर्नुहुन्छ । उहाँलाई उक्त चलचित्रको स्क्रिप्ट सान्दर्भिक लाग्दैन ।
चलचित्र ‘स्त्री’का निर्देशकले फेरि एक पटक हरर कमेडी विधामा नयाँ चलचित्र ‘भेडिया’ बनाउनुभएको छ । चलचित्रले दर्शक र समीक्षकबाट राम्रै प्रतिक्रिया पाइरहेको छ । यस चलचित्रको अधिकांश छायाङ्कन अरुणाचल प्रदेशको जङ्गलमा गरिएको छ । यसले चलचित्रको सिनेमेटोग्राफी बेजेड देखिएको छ । चलचित्रका अधिकांश कलाकार पनि त्यहीँका छन् । चलचित्र धेरै हदसम्म प्रभावशाली बनाउने कोसिस गरिएको छ । चलचित्रमा वरुण धवन, कृति सेनन, दीपक डोबरियाल, सौरभ शुक्ला र अभिषेक बनर्जीको मुख्य भूमिका छ । चलचित्रको गीत र सङ्गीत राम्रा छन्; जुन अहिले निकै चर्चामा छन् । सङ्गीत सचिन जिगरको रहेको छ ।
बलिउडमा कुशल अभिनेत्रीका रूपमा चिनिनुहुन्छ शबाना आजमी । १८ सेप्टेम्बर १९५० मा जन्मनुभएकी शबानाका पिता कैफी आजमी आफ्नो समयका प्रसिद्ध कवि र गीतकार हुनुहुन्थ्यो भने आमा शौकत आजमी थिएटर कलाकार हुनुहुन्थ्यो । शबानाले दिल्लीको सेन्ट जेभियर कलेजबाट स्नातक पूरा गर्नुभयो र त्यसपछि उहाँ पुणेको फिल्म इन्स्टिच्युटमा भर्ना हुनुभएको थियो ।
सन् २०१५ मा प्रदर्शनमा भएको अजय देवगन अभिनीत चलचित्र ‘दृश्यम’को सिक्वेल हो ‘दृश्यम २’ । पहिलो सिक्वेलजस्तै यस चलचित्रले पनि थ्रिलर विधा बोकेको छ । जुन अहिले धेरै दर्शकको पहिलो रोजाइ बनेको छ । चलचित्रले दर्शकलाई सुरुदेखि अन्त्यसम्म सिनेमाघरमा बाँधेर राख्न बाध्य बनाउँछ ।
सिनामङ्गलस्थित पुरानो नाटकघरमा नाटक ‘एन इन्स्पेक्टर कल्स’को मञ्चन सुरु भएको छ। नाटकलाई नैतिकतावादी ‘मोरालिटी प्ले’ भनेर पनि व्याख्या गरिएको छ। नाटक एउटा धनाढ्य मल्ल परिवारको घरमा भइरहेको पार्टीबाट सुरु हुन्छ। सौर्य मल्लकी छोरी शिला मल्लको इन्गेजमेन्ट आफूभन्दा समाजमा अझ उच्च दर्जामा गनिने शिशिरशमशेर राणासँग हुँदै छ। यसैको पार्टीमा खुसी मनाइरहेका बेला डोरबेल बज्छ र भित्र छिर्छ एउटा इन्स्पेक्टर।