शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), कात्तिक १९ गते । बर्दियामा धान काट्न कम्पाइन हार्भेस्टरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका –२ राजीपुरका ७१ वर्षीय तारासिंह हमाल रहेका छन् ।
धान काटेर फर्कदै गरेको कम्पाइनले दिउँसो साढे २ बजेको समयमा हमाललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक भुपेन्द्रकुमार बुढाथोकीले बताउनुभयो । दुर्घटना पश्चात् हमाललाई तत्काल राजापुर नगर अस्पतालमा पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।
कम्पाइन र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक देवेन्द्रकुमार मल्लले बताउनुभयो ।