• १९ कात्तिक २०८२, बुधबार

कार्यकारी अधिकृतको कार्यकक्षमा तालाबन्दी

blog

नेपालगन्ज मेडिकल कलेज चिसापानी बाँके । तस्बिरः सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक १९ गते । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका इन्टर्नसीप चिकित्सकहरुले अस्पतालको प्रमुख कार्यकारी अधिकृत र लेखा अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

तीन दिनदेखि आन्दोलनरत उनीहरुले आफ्नो माग सुनुवाइमा अस्पताल प्रशासनले ध्यान नदिएको भन्दै बुधवारदेखि प्रमुख कार्यकारी अधिकृत र लेखा अधिकृतको कार्यकक्षमा अनिश्चिकालीन तालाबन्दी गरेका हुन् ।

इन्टर्नसीप डाक्टरहरुले पाउँदै आएको १२ हजारलाई बढाएर कम्तिमा १७ हजार ५०० रुपियाँ पुर्याउनुपर्ने, भर्नाका क्रममा कलेजले इन्टरर्नसीपका लागि उठाएको दुई लाख ५० हजार रुपियाँ अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतका माग राखेर विगत तीन दिनदेखि उनीहरुले अस्पतालमा नारावाजी र प्रदर्शन गर्दैआएका छन् ।

इन्टर्नसीप डाक्टरहरुले पाउनुपर्ने सेवा सुविधा समेत नियमित पाउन नसकेको गुनासो गरेका छन् । अस्पतालमा करिव एकसय जना इन्टर्नसीप डाक्टरहरु कार्यरत रहेका छन् । डाक्टरहरुको आन्दोलन र मागलाई सम्वोधन गर्न अस्पताल प्रशासनले समन्वय र संवादको तयारी गरिरहेको जनाएको छ ।